अलपत्र २८ नेपाली स्वदेश फिर्ता

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
१८ पटक हेरिएको
Shares
अलपत्र २८ नेपाली स्वदेश फिर्ता

सारांश

  • काठमाडौँ, ५ असार ।
  • मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।
  • दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो ।

काठमाडौँ, ५ असार । मलेसियास्थित नेपाली राजदूतावासले पिनाङस्थित घर फिर्ती केन्द्रमा अलपत्र परेका २८ नेपाली युवालाई स्वदेश फर्काएको छ ।

दूतावासले आफ्नै पहलमा हवाई टिकटको खर्च बेहोर्न नसकी अलपत्र परेका नेपालीलाई नेपाल पठाएको हो । नेपाली दूतावासको टोलीले एक साताअघि ती नेपालीसँग पिनाङमा भेट गरेको थियो ।

दूतावासले क्वालालम्पुरमा अलपत्र परेका नेपालीलाई घर फिर्ता पठाउने अभियान निरन्तर रहने जनाएको छ । दूतावासका अनुसार शङ्खलाल गोले (पर्सा), मनिराम बेङ्गासी (धनुषा), सञ्जयकुमार नेपाली (सर्लाही), सनम लिम्बू (धनकुटा), दीपेश लिम्बू र राजकुमार राई (सुनसरी), सन्तोष अधिकारी (कपिलवस्तु), मुकेशराज यादव (रौतहट), मनोजकुमार नेपाली (सिन्धुली), मनबहादुर तामाङ (काभ्रेपलान्चोक), खड्का लिम्बू (ताप्लेजुङ), निकेश कार्की (काठमाडौँ), विवश राई (खोटाङ), मीनप्रसाद डोटेल (काभ्रेपलान्चोक) र सुदीप तामाङ (चितवन) लाई नेपाल फकाईएको छ ।

यस्तै सञ्जय मल्ल र दीपेन्द्रकुमार भण्डारी (रुकुम), राजअलि शाही (बाँके) जितनारायण यादव (सिरहा), इन्द्रबहादुर सार्की (गुल्मी), सन्चबहादुर लिम्बू (ताप्लेजुङ), गर्जेन्द्र घर्ती मगर (रोल्पा), टेकबहादुर राप्चा (ओखलढुङ्गा), गुलाब चौधरी (सुनसरी), भरतबहादुर बुढा मगर (दाङ), विदुर कार्की (झापा) र सञ्जीव बैजु (मकवानपुर)लाई स्वदेश फर्काइएको दूतावासले जनाएको छ ।

(https://ctlsites.uga.edu/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?