१८ बर्षमुनीका बालबालिकाले नविल बैँकको एप्सबाट पैसा कमाउन सक्ने
सारांश
- काठमाडौ ।
- नबिल बैंकले बालबालिकाको कार्यसम्पादनको आधारमा अंकको पैसा कमाउने एप्स सार्वजनिक गरेको छ।
- राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले आज एक कार्यक्रम मार्फत यस्तो एप्स सार्वजनिक गरेको हो।
काठमाडौ । नबिल बैंकले बालबालिकाको कार्यसम्पादनको आधारमा अंकको पैसा कमाउने एप्स सार्वजनिक गरेको छ। राष्ट्रिय बाल दिवसको अवसर पारेर बैंकले आज एक कार्यक्रम मार्फत यस्तो एप्स सार्वजनिक गरेको हो।
सार्वजनिक भएको एप्सअनुसार १८ बर्षभन्दा मुनिका बालबालिकाहरुले कार्यसम्पादन गरेको आधारमा अंक प्राप्त गर्नेछन र उक्त अंक सम्बन्धित खातामा पैसाको रुपमा बचत हुनेछ। अर्थात बालबालिकाले यो एप्समा दीइएको कार्यहरु सम्पादन गरेको आधारमा अंक प्राप्त गर्नेछन र उक्त अंक पैसाको रुपमा बचत हुनेछ।
नबिल बैंकले ल्याएको ‘नबिल जेन अल्फा’ १८ बर्ष भन्दा मुनिका बालबालिकाहरु र अभिभावकहरुलाई लक्षित गरि ल्याइएको नेपालकै पहिलो डिजिटल एप्समा आधारित स्किम हो। यस मार्फत अभिभावकहरुले आफ्ना बालबालिकाहरुका लागि दैनिक कार्यहरु सिर्जना गर्न, सेट गर्न र तोक्न सक्नेछन।
बालबालिकाहरुले पनि दिइएको कार्य सम्पादनपछि अंक कमाउन सक्छन र त्यहि अंकलाई लिंक गरिएको खातामा पैसाको रुपमा बचत हुने प्रावधान गरिएको छ। यो स्किम मार्फत बालबालिकाहरुलाई जिवन सिप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुकोदैनिकी मा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ।
नबिल जेन अल्फा बचत खाताबाट बालबालिकाहरुलाई आफ्नो पढाईका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज पारिवारित संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउनका लागि यस एप्सले बिशेष भूमिका निभाउने बिश्वास लीएको छ।
बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकबर्गले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर, बालबालिकाको खातामा रहेको रकमबाट समय समयमा मुद्दती खातामा जम्मा तथा बालबालिकालाई नबिल जेन अल्फा मोबाइल एपको माध्यमबाट काम र लक्ष्य यकिन गरि जिम्मेवारी दिन सकिनेछ भने काम र लक्ष्य प्राप्ति पश्चात पुरस्कृत पनि गर्न सकिने छ।
नेपाली रुपैयाँमा खोलिने नबिल जेन अल्फा बचत खातामा १८ बर्ष सम्मका बालबालिकाहरु समाहित हुन् सक्नेछन। नबिल जेन अल्फा मोबाइल एप, पेल स्टोर तथा एप्पल स्टोरबाट डाउनलोड गर्न सकिनेछ। यस एप्स मार्फत कार्य सम्पादन गराएर प्राप्त गरेको अंक लिंक गरि पैसा आर्जन गर्नका लागि अभिभावक र बालबालिकाको बैंक खाता नबिल बैंकमा हुन अनिवार्य छ भने बालबालिकाको अलग्गै ‘नबिल जेन अल्फाु खाता पनि हुनुपर्नेछ। कुनै अभिभावकको १८ बर्ष मुनिका दुई बालबालिका छन् भने दुवै जनाको अलग अलग ‘नबिल जेन अल्फा ‘ खाता हुनुपर्नेछ।
प्रतिक्रिया