आत्मविश्वासी विद्या

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ २५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
आत्मविश्वासी विद्या

सारांश

  • असार २२, २०७४- बलिउड अभिनेत्री विद्या बालनलाई विशुद्ध भारतीय सौन्दर्यकी प्रतिमूर्ति मानिन्छ ।
  • यो अचेलको कुरा हो ।
  • उनै विद्यालाई कुनै बेला निकै कुरूपमा मानिन्थ्यो रे ।

असार २२, २०७४- बलिउड अभिनेत्री विद्या बालनलाई विशुद्ध भारतीय सौन्दर्यकी प्रतिमूर्ति मानिन्छ । यो अचेलको कुरा हो । उनै विद्यालाई कुनै बेला निकै कुरूपमा मानिन्थ्यो रे ।

‘काम माग्न जाँदा एक जना प्रोडयुसरले भनेका थिए, ‘हेर, तिमी कस्ती देखिन्छयौ । यस्ती तिमी कसरी हिरोइन हुन सक्छयौ ?’ उनले एउटा भारतीय अनलाइनसँग भनेकी छन् । तर, विद्याले पहिलो फिचर फिल्म ‘परिणीता’ बाटै सफलताको बाटो पहिल्याइन् । एकदुई अपवादलाई छोड्ने हो भने, त्यो क्रम यथावत् छ । आफूमा विश्वास, लगन र समर्पण भए चाहेको कुरा पूरा हुन्छ भन्ने उनले पुष्टि गरिरहेकी छन् ।

आफ्ना समकालीन धेरैजसो अभिनेता–अभिनेत्री निर्देशक वा निर्माताको भूमिकामा देखिन थालिसके पनि यी ३८ वर्षे अभिनयमै रमाइरहेकी छन् । भन्छिन्, ‘फिल्म मेकिङको अर्को कुनै क्षेत्रमा मलाई रुचि छैन । एक्टिङ नै मेरो पहिलो र अन्तिम लभ हो । म कसैद्वारा हयान्डल हुन चाहन्छु, कसैलाई हयान्डल गर्न चाहन्नँ । निर्देशक भएपछि तपाईंले धेरै जना र धेरै थोकलाई सम्हाल्नुपर्ने हुन्छ, जुन मबाट सम्भव छैन ।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?