खेलाडीहरूका साथ बालबालिकाहरु मैदान प्रवेश किन गर्छन ?
सारांश
- फूटबल खेल को अन्तर्राष्ट्रिय र कतिपय राष्ट्रिय खेलमा समेत खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिकाले पनि मैदान प्रवेश गर्छन् ।
- यसरी आफ्ना देशका खेलाडीको हात समातेरै आउने यी बालबालिकाहरु राष्ट्रिय गान गाउन्जेलसम्म उनीहरुसँगै उभिएका हुन्छन्।
- कतीपय लाई थाहा नहुन सक्छ यसको परम्परा ।
फूटबल खेल को अन्तर्राष्ट्रिय र कतिपय राष्ट्रिय खेलमा समेत खेल सुरु हुनुपूर्व हरेक खेलाडीका साथ बालबालिकाले पनि मैदान प्रवेश गर्छन् ।
यसरी आफ्ना देशका खेलाडीको हात समातेरै आउने यी बालबालिकाहरु राष्ट्रिय गान गाउन्जेलसम्म उनीहरुसँगै उभिएका हुन्छन्।
कतीपय लाई थाहा नहुन सक्छ यसको परम्परा । केटाकेटी लाई ‘मस्कोट’ अर्थात शुभ संकेत पनि भनिन्छ । बालबालिकालाई निर्दोष र सरलता को प्रतीक मानिने हुनाले नै खेलको शुभआरम्भका लागि यसरी सँगैसँगै ल्याइने गरिएको छ । यो ९० को दशक देखि चलिआएको कुरा हो । विशेषगरी ६ देखि १८ वर्षसम्मका बालबालिका हरु हरेक खेलको सुरुवातमा आफ्नो साथमा झन्डा वा बल समातेर पनि आउने गरेका छन् ।
विगत १९९० मा एउटा टिमको प्रतिनिधिका रुपमा एक बालक वा हरेक खेलाडीका साथ एकजना आउने गरेका हुन् । यु
इएफए २००० पहिलो खेल थियो जहाँ हरेक खेलाडीका साथ एक बालक उपस्थित भइ खेलको सुरुवात गरेका थिए । वास्तवमा यी बालबालिका हरु युवा टिममा आवद्ध हुन्छन् वा कुनै प्रतियोगितामा विजेता भएकाहरुलाई पनि यस कार्यका लागि छनोट गर्ने गरिएको छ ।
त्यसैगरी बालअधिकारको प्रचार गर्ने अभियान अन्तर्गत पनि खेलमा यी साना बालबालिकाहरुलाई आफ्ना देशका प्रख्यात खेलाडीसँग मैदानमा आउने अवसर दिइन्छ ।
यसरी एक पुस्ताका खेलाडीले अर्को पुस्तालाई मैदानसम्म ल्याएर नयाँ उत्साह र हौसला प्रदान गर्ने हुनाले पनि यस परम्परालाई अझै कायमै राखिएको त्यस्तै कतिपय अवस्थामा जस्तै कि नेदरल्यान्डस्को चर्चित क्लब ‘एजेक्स एम्सटर्डम’ ले ‘मदर्स डे’ अर्थात आमाहरुको विशेष दिनका दिनमा अयोजना गरेको म्याचमा सबै खेलाडीलाई आ–आफ्ना आमाका साथ मैदानमा प्रवेश गराइएको थियो भने ब्राजिलमा साओपौलोका खेलाडी हरुले चाहिँ आफूसँग कुकुर ल्याएका थिए ।
बाहिरी कुकुरको समस्या सम्बन्धी चेतना फैलाउने अभियान अन्र्तगत उनीहरुले यसो गरेका हुन् ।
इङ्ल्यान्डका कीर्तिमानधारी कप्तान वायर्न रुनी पनि बाल्यकालमा यसैगरी ‘मस्कोट’ बनेका थिए ।
त्यस्तै यसको अर्को कारण भनेको खेलाडीहलाई सुरक्षित राख्नका निम्ति पनि हो । मैदानमा प्रवेश गरिरहँदा खेलाडीहरु दर्शकको धेरै नजिक हुने हुँदा कतिपय आक्रामक फ्यानहरुले उनीहरुमाथि हमला गर्ने सम्भावना पनि उत्तिकै हुन्छ ।
त्यसकारण बालबालिकाहरुलाई साथमा राख्दा खेलाडीहरुको सुरक्षा सुनिश्चित हुने हुनाले पनि यस्तो परम्परा थालिएको मानिन्छ । कतिपय बाबुआमाले भने शुल्क तिरेर समेत आफ्ना बच्चाहरुलाई देशका प्रख्यात खेलाडीहरुसँग भेट गर्न ‘मस्कोट’का रुपमा पठाउने गर्दछन् ।
(श्रोत– विकिपिडीया र अन्तर्राष्ट्रिय संचार)
प्रतिक्रिया