नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ६, २०८१
|
|
२० पटक हेरिएको
Shares
नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

सारांश

  • काठमाडौं।
  • साफ यू-२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।
  • ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो।

काठमाडौं। साफ यू-२० च्याम्पियनसिप फुटबलमा समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा आज भएको खेलमा नेपालले बङ्गलादेशलाई २–१ गोलले हरायो। हारेपनि बङ्गलादेश समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

नेपाल र बङ्गलादेशले एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएका थिए।

समूहमा दुवै खेल जितेको नेपालले ६ अङ्क बनायो । समान खेलबाट बङ्गलादेशले तीन अङ्क जोड्यो । यस समूहमा लगातार दुई हार खेपेको श्रीलङ्का च्याम्पियनसिपबाट बाहिरिएको छ।

समूह विजेताका लागि दुई टोलीबिच भएको प्रतिस्पर्धात्मक खेलमा नेपाललाई जिताउन समीर तामाङ र नीराजन धामीले गोल १-१ गोल गरे ।

बङ्गलादेशका लागि मिरजुल इस्लामले १ गोल फर्काए ।

नेपालले १७औँ मिनेटमा समीरको गोलमार्फत अग्रता लिएको थियो । दुई मिनेट पछि लगत्तै नीराजनले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाउन सफल भए ।

त्यसपछि ४३औँ मिनेटमा बङ्गलादेशका इस्लामले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे तर दोस्रो हाफमा दुवै टोलीबाट थप गोल नहुँदा नेपाल विजयी भयो ।

पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको प्रतियोगितामा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् । भारत अघिल्ला तीन संस्करणको विजेता टोली हो ।समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?