माइतीघर हिडेका आमाछोरी मृत भेटिए

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares

सारांश

  • दाङ ।
  • दाङको बबइबाट माइतीघर हिडेकी आमा छोरी मृत अवस्थामा फेला परेका छन् ।
  • बबई गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् ।

दाङ । दाङको बबइबाट माइतीघर हिडेकी आमा छोरी मृत अवस्थामा फेला परेका छन् । बबई गाउँपालिका–४ हसनापुरमा आमाछोरी मृत फेला परेका छन् । हसनापुरका २४ वर्षीया सरस्वती पुन र उनकी तीन वर्षकी छोरी कृतिका मृत फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार स्थानीय सितलगौरा सामुदायिक वनमा आमाछोरा मृत फेला परेका हुन् । सरस्वती छोरी सहित यही असोज १३ गते माईतिघर रोल्पा जान भनी हिडेँकी थिइन् । उनी सम्पर्कमा नआएपछि खोज्दा मृत भेटिएका हुन् ।

स्थानीयले बिहिबार बेलुकी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सड्ने अवस्थामा रहेकाले ४/५ दिन अगाडि नै मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या भएको हुनसक्ने भन्दै आफन्तले शव उठाउन मानेका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?