एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ८, २०७४
|
|
१८ पटक हेरिएको
Shares
एनसीसी दक्षिण कोरियाको महासचिवमा पुरु जोशीको उम्मेद्वारी

सारांश

  • काठमाडौं ।
  • दक्षिण कोरियाको सम्पूर्ण नेपाली संघसंस्थाहरुको छाता संस्था नेपाली सम्पर्क समिति (एनसीसी) को महासचिवमा पुरु जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
  • विभिन्न सामाजिक संजाल तथा मिडियाहरुबाट गरिएका मत सर्बेक्षणलाई आधार मान्ने हो भने आगामी नेतृत्वको महासचिव जोशीको पोल्टामा पर्ने सम्भावना भने बलियो देखिएको छ ।

काठमाडौं । दक्षिण कोरियाको सम्पूर्ण नेपाली संघसंस्थाहरुको छाता संस्था नेपाली सम्पर्क समिति (एनसीसी) को महासचिवमा पुरु जोशीले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

विभिन्न सामाजिक संजाल तथा मिडियाहरुबाट गरिएका मत सर्बेक्षणलाई आधार मान्ने हो भने आगामी नेतृत्वको महासचिव जोशीको पोल्टामा पर्ने सम्भावना भने बलियो देखिएको छ ।

तर औपचारिक रुपमै कसले पाउँछ, त्यसको लागि जुलाई ३० तारिखमा हुन गैरहेको १६ औं अधिवेशन नै कुर्नुपर्ने हुन्छ । अधिवेशन दक्षिण कोरियाको जोग्यासामा हुनेछ ।

उनले भने, ‘बिरामी भएको अवश्थादेखि लिएर मानसिक तनावमा परेका धेरै दाजुभाई तथा दिदि बहिनिहरुलाई सम्बन्धित ठाउँमै पुगेर प्रत्यक्ष भेटेरै सहयोग गर्दै आइरहेको छु ।’

‘आगामी दिनमा पनि झनै उर्जाशील भएर सामाजिक उत्तरदाहित्व बहन गर्ने कुरामा कहिँ कतै कसुर बाँकी नराख्ने कुरा यहाहरुलाई स्पस्ट गर्न चाहन्छु,’ उनले भने ।

आफुलाई कोरियामा रहने सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीको सहयोग रहेकोले यसपटकको एनसीसी कोरियाको महासचिव आफूले पाउने कुरामा उनी विश्वस्त देखिन्छन् ।

कोरियामा रहेका विभिन्न संस्थाहरुकोको छाता संगठन भनेर चिनिने यस संस्थाले आफ्नो स्थापना कालदेखि कोरियामा रहेका नेपालीहरुलाई एकत्रित गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?