यस्तो छ प्रधानमन्त्रीको चीन भ्रमणको तालिका

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
४७ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा करीव एक दर्जन सम्झौतामा हस्ताक्षर हुने भएको छ ।
  • अधिकांश सम्झौता उर्जा र यातायात सँग सम्बन्धित हुनेछन् ।

काठमाडौं, ३१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा करीव एक दर्जन सम्झौतामा हस्ताक्षर हुने भएको छ । अधिकांश सम्झौता उर्जा र यातायात सँग सम्बन्धित हुनेछन् ।

प्रधानमन्त्रीको चीन भ्रमणबारे जानकारी दिदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २ वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा भएका ऐतिहासिक सम्झौताहरुको कार्यन्वयन पक्षमा छलफल हुने बताए । यो भ्रमण बिगतको सहमति कार्यन्वयनमाकेन्द्रित हुने उनले जानकारी दिए ।

ज्ञवालीले  सिमापार विद्युत प्रसारण लाइनको सम्झौता हुने बताए । रेलवे र उर्जासँग सम्बन्धित महत्वपूर्ण सम्झौता हुनेछन् । पुननिर्माणको क्षेत्रमा चीनिया सहयोगको द्धिपक्षीय समझदारीमा हस्ताक्षर हुने सम्भावना छ । त्यस्तै दुवै देशका परराष्ट्र मन्त्रालयस्तरीय संयन्त्रको समझदारीमा पनि हस्ताक्षर हुनेछ ।

यसका साथै रसुवागढीमा चीनले बनाइदिन लागेका दुईवटा पुलको समझदारीपत्रमा हस्ताक्षर हुने ज्ञवालीले बताए । ‘ट्रान्जिट ट्रान्सपोर्ट’ सम्बन्धी प्रोटोकलमा हस्ताक्षर हुने भनिए पनि यो भ्रमणमा सम्भव नभए पछि गरिने मन्त्री ज्ञवालीले बताए । प्रधानमन्त्रीको भ्रमणकै क्रममा निजी क्षेत्रबीच पनि ऊर्जा र कृषिक्षेत्रको विकासमा सम्झौता हुने भएको छ । नेपालको बुटवल पावर कम्पनी र चीनको सिचुवानस्थित एससीआइजी कम्पनीबीच मर्स्याङ्दीका बिभिन्न स्थानमा गरि एक हजार मेगवाट विद्युत उत्पादन गर्ने सम्झदारीमा हस्ताषर हुने भएको छ ।

यो भ्रमणका क्रममा नेपालका सातै प्रदेशमा आपतकालिन प्रकोप उद्दार संयन्त्र निर्माणका लागि चीनसँग सम्झौता हुने सम्भावना छ । यद्यपी यसको टुंगो लागिसकेको छैन ।

यस्तो छ प्रधानमन्त्रीको भ्रमण तालिका

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधि मण्डल असार ५ गते काठमाडौंबाट बेइजिङ प्रस्थान गर्नेछ । सोही साँझ नेपाली दूतावासमा आयोजित स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुनेछन् ।

असार ६ गते त्यहाँको ब्यापारिक समुदायसँग अन्तरक्रिया हुनेछ । नेपाली उद्यमी व्यवसायी र चीनको सीसीपिआइटीबीचको छलफलपछि सोही दिन उर्जा र कृषि सम्बमन्धित निजी क्षेत्रका परियोजनामा हस्ताक्षर हुनेछ ।

असार ७ गते प्रधानमन्त्रीले महत्वपूर्ण भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीस्तरीय वार्ता र सम्झौताहरुमा हस्ताक्षरपछि पत्रकार सम्मेलन हुनेछ । सोही दिन राष्ट्रपति सी जिनपिङसँग प्रधानमन्त्रीको भेटवार्ता हुनेछ ।

असार ८ गते प्रधानमन्त्री ओली चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा निस्कने मन्त्री ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रानीपोखरीः रु साढे दुई करोड व्यर्थ खर्च
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
महाधिवेशनलाई आन्दोलन र अभियानको रुपमा लैजान्छौं : कमल थापा
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
एक्कासी बाढी आउन सक्छ सतर्क हुनुहोला : मौसम पूर्वानुमान
श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
श्रीमती, साला र ससुरा मिलेर ज्वाँई लाइ कुटिकुटि मारेपछि… !
सोलुदूधकुण्ड नगरपालिकाले ७० वर्ष नाघेका वृद्धवृद्धालाई घरमै उपचार सेवा दिने
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
मातातिर्थ औशीमा सामाजिक सञ्जालमा छाएका रेखा थापादेखि प्रियंका कार्कीका आमाहरु
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते, दुई जनाको मृत्यु
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
जसपा विधान अधिवेशन: ७० वर्षे उमेर हदको प्रस्ताव, एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने
डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु
डच हेलिकप्टर दुर्घटना, दुई व्यक्तिको मृत्यु