एमाले माओवादी एकताको खाका कोरिदै

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष २५, २०७४
|
|
३७ पटक हेरिएको
Shares
एमाले माओवादी एकताको खाका कोरिदै

सारांश

  • काठमाडौं २५ पुस ।
  • पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् ।
  • नेतृत्व, संगठनात्मक संरचना र नीतिगत विषयमा सहमति खोज्न आज एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ ।

काठमाडौं २५ पुस । पार्टी एकताका विषयमा एमाले र माओवादीले छलफल गर्दैछन् । नेतृत्व, संगठनात्मक संरचना र नीतिगत विषयमा सहमति खोज्न आज एमाले र माओवादी केन्द्रका शीर्ष नेता सम्मिलित एकता संयोजन समितिको बैठक बस्दैछ । बैठक ३ बजे बोलाइएको छ ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले एकताको खाका, सांगठनिक विषय र अन्य प्राविधिक विषयमा आजको संयोजन समितिमा छलफल हुने जानकारी दिनुभयो । बैठकमा वैचारिक विषयमा एकरुपता र सांगठनिक एकताको गृहकार्य गर्न कार्यदल गठन गर्ने कार्यसूची रहेको बताइएको छ । कार्यदलले दिएको प्रतिवेदनका आधारमा एकता प्रक्रिया अघि बढ्ने दुई पार्टीका शीर्ष नेताबीच सहमति भएको छ ।

एकता प्रक्रियालाई गति दिने सम्बन्धमा अस्ति आइतबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच छलफल भएको थियो । त्यही छलफलका आधारमा हिजो दुवै पार्टीले आन्तरिक छलफल गरेका थिए । समितिमा एमालेबाट अध्यक्ष ओली, बरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र महासचिव इश्वर पोखरेल रहनुभएको छ भने माओवादीबाट अध्यक्ष दाहाल, नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
शर्मालाई पूर्वअध्यक्षहरुको समर्थनः भोली पतिस्पर्धा हुँदै
जनप्रतिनिधिको लापरवाहीले बृद्धबृद्धा भत्ताबाटै बञ्चित
जनप्रतिनिधिको लापरवाहीले बृद्धबृद्धा भत्ताबाटै बञ्चित
अफगानिस्तानमा नौ जना लडाकू मारिए
अफगानिस्तानमा नौ जना लडाकू मारिए
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
सलमान खानले जम्मु कश्मिर आक्रमणको निन्दा गर्दै पाकिस्तानी गायकलाई हटाए
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
रास्वपाद्वारा डेङ्गु रोग नियन्त्रण गर्न माग गर्दै सङ्कल्प प्रस्ताव दर्ता
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु
बिहारमा चट्याङ लागेर गएराति २२ जनाको मृत्यु
आरजु देउवाले भनिन् : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो
आरजु देउवाले भनिन् : आधारहीन आरोप लगाएर मेरो चरित्र हत्या गरियो
आज विदेशी मुद्राको विनिमय दर कस्तो छ ?
आज विदेशी मुद्राको विनिमय दर कस्तो छ ?

तपाईंले छुटाउनुभयो कि?