पानीजहाज र रेल पछि प्रम ओलीको अर्को सपना, स्वीटजरल्याण्डजस्तै विकास गर्ने दावी !
सारांश
- प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री भएदेखि नै महात्वाकांक्षी योजना सार्वजनिक गरिरहेका छन् ।
- विकसित मुलुकले गरेका उपलब्धिलाई आधार बनाएर ओलीले विभिन्न सपना देखाउँदै आएका छन् ।
- तर नेपालको वर्तमान अवस्थाबाट दिक्क भएका जनताले ओलीको मत्वाकांक्षी योजनालाई पत्याउन सकेका छैनन् ।
प्रधानमन्त्री केपी ओलीले पहिलो पटक प्रधानमन्त्री भएदेखि नै महात्वाकांक्षी योजना सार्वजनिक गरिरहेका छन् । विकसित मुलुकले गरेका उपलब्धिलाई आधार बनाएर ओलीले विभिन्न सपना देखाउँदै आएका छन् । तर नेपालको वर्तमान अवस्थाबाट दिक्क भएका जनताले ओलीको मत्वाकांक्षी योजनालाई पत्याउन सकेका छैनन् । यद्यपी उनले दोस्रो पटक प्रधानमन्त्री बनेपछि पनि त्यस्ता सपना देखाउन छोडेका छैनन् । हुन त प्रधानमन्त्री ओलीले देखाएका सपना असम्भव नै चाँही छैनन् । तर अहिलेको नेपालको अवस्थामा हेर्दा उनले आधारभूत समस्या विर्सेर ठूला सपना देखाउने गरेको आरोप लाग्दै आएको छ ।
अहिले युरोप भ्रमणमा रहेका ओलीले अर्को तरङ्ग ल्याउने गरी बोलेका छन् । प्रधानमन्त्री ओलीले स्वीट्जरल्याण्डले जस्तै नेपालले पनि विकास गर्न सक्ने दाबी गरेका हुन् । निराश जनताबाट देश नबन्ने भन्दै प्रधानमन्त्री ओलीले जनतालाई आत्मबिश्वास र केही गर्न सक्छु भन्ने भावाना जगाउन अनुरोध पनि गरे ।
ओलीले नेपाली पासपोर्ट देखाउने बित्तिकै पानापल्टाएर भिसाको छाँप ठोक्ने स्थितिमा मुलुकलाई पुर्याउनु पनि बताएका छन् । स्वीट्जरल्याण्डस्थित नेपाली राजदूतावास तथा संयुक्त राष्ट्रसंघ जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले तीव्र आर्थिक वृद्धि गर्दै गरिबी हटाउने र समृद्ध बनाउने बित्तिकै यस्तो अबस्था आउने बताए ।
प्रतिक्रिया