कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ४, २०७५
|
|
२५ पटक हेरिएको
Shares
कांग्रेसभित्र पौडेललाई देखियो आफ्नै समुह सम्हाल्न सकस

सारांश

  • काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ ।
  • निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।
  • निर्वाचन हारका विषयमा पार्टीभित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढदो छ ।

काठमाडौँ — कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेत सभापति शेरबहादुर देउवालाई जस्तै आफ्नो समूह सम्हाल्न सकस देखिएको छ । निर्वाचन हार्नुमा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैली र भूमिकालाई मुख्य जिम्मेबार ठहर्‍याएर अग्रिम महाधिवेशनको आवाज उठाइरहेका बेला पौडेललाई नेतृत्वका आकांक्षी आफ्नो समूहका नेता व्यवस्थापनमा चुनौती देखिएको हो ।

निर्वाचन हारका विषयमा पार्टीभित्र संस्थापन र इतर पक्षबीच मतान्तर बढदो छ । १३ औं महाधिवेशनबाट पार्टीभित्र तेस्रो धारको नेतृत्व लिएर छुट्टै समूह खडा गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासमेत देउवाको कार्यशैलीबाट असन्तुष्ट बन्दै पौडेलसँग निकट भएका छन् ।सअघि यी दुई नेताको सम्बन्ध पानी बाराबारको थियो । सिटौलाकै शब्दमा देउवालाई सभापति बनाउनेदेखि दुई वर्षसम्म ‘ब्ल्यांक चेक’ दिएर सहयोग गर्ने काम भएको थियो । त्यसैलाई लिएर पौडेल सिटौलासँग आक्रोशित मात्रै थिएनन्, औपचारिक संवादसमेत टुटेको थियो ।

संघीय संसद्, प्रदेश र स्थानीय तहकै निर्वाचनमा पार्टीले हार बेहोरेपछि यी दुवै नेता एउटै निष्कर्षमा पुगे– ‘सभापति देउवाको यस्तै कार्यशैली र भूमिकाबाट अब पार्टी चल्न सक्दैन ।’ मुद्दामा एक भएपछि पौडेल र सिटौलालाई जोड्ने भूमिकामा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीदेखि युवा नेताहरू गगन थापा, प्रदीप पौडेलसम्म जुटे । आधा दर्जनजति गोप्य बैठक बसेर यी दुई नेताबीचको सम्बन्धलाई जोड्ने काम भएको छ । नेतृत्वका सवालमा भने दुवैका आआफ्ना स्वार्थ र प्रतिस्पर्धा छन् ।

पौडेलका लागि सबभन्दा बढी टाउको दुखाइ महामन्त्री शशांक कोइरालाको भूमिकालाई लिएर भएको छ । कोइराला सभापति देउवासँगको सम्बन्ध चिढाउन चाहँदैनन् । सभापति देउवा पार्टी नेतृत्वमा रहिरहने रणनीतिक योजनामा कोइराला फँसेको बुझाइ पौडेल पक्षको छ । तर, कोइराला भने आगामी महाधिवेशनमा देउवा र आफू नै सभापतिको उम्मेदवार हुन सक्ने बताउँदै देउवाको भुलभुलैयामा आफू नलागेको दाबी गर्छन् । उनले केही दिनअघि कान्तिपुरसँग आफूले देउवाको गल्ती र कमजोरीलाई समर्थन गरेको नभई पार्टीभित्रको विभाजन बढ्न नदिन तटस्थ रहेको प्रतिक्रिया दिएका थिए ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
एमालेले अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक व्यवहारका विषयमा अभिमुखीकरण आयोजना गर्ने
निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह
निगमको जापान उडानले पर्यटनमा थपियो उत्साह
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
एक लाखभन्दा बढी भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था
चितुवाको आक्रमण नरोकिँदा त्रास
चितुवाको आक्रमण नरोकिँदा त्रास
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति
च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन
च्याउको बीउ उत्पादन केन्द्र सञ्चालन
शुक्रवार थपिए १ हजार ४४ कोरोना संक्रमित
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने
आज ४ बजे नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा टुंगो लगाइने
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास  अजेन्डा !
के छन् काठमाडौं मेयर पदका उम्मेदवारका विकास अजेन्डा !

तपाईंले छुटाउनुभयो कि?