भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
४३ पटक हेरिएको
Shares
भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरेर चुनावमा जानुपर्छ’ : कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समिति

सारांश

  • काठमाडौं, २५ असोज ।
  • नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिले १३ औं महाधिवेशनपछि केन्द्रिय नेताहरु गुट–उपगुट र भागबण्डाको राजनीतिमा रुमलिएको कारण सांगठनिक गतिविधि सुन्य भएको आरोप लगाएको छ ।
  • समितिले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो ।

काठमाडौं, २५ असोज । नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्य समितिले १३ औं महाधिवेशनपछि केन्द्रिय नेताहरु गुट–उपगुट र भागबण्डाको राजनीतिमा रुमलिएको कारण सांगठनिक गतिविधि सुन्य भएको आरोप लगाएको छ ।

समितिले बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएको हो । समितिले भनेको छ,‘पार्टीका केन्द्रिय नेताहरु गुट तथा उपगुट बनाउन र भागण्डाको राजनीतिमा रुमलिएको कारण सांगठनिक गतिविधि शुन्य भएको र संवेदनशील र राष्ट्रिय मुद्दामा कांग्रेसले अपेक्षा अनुरुपको भूमिका खेल्न सकेको छैन्।’

कार्य समितिका अध्यक्ष गोविन्द पुडासैनीले मुलुकमा राणा शासन, पञ्चायत, राजतन्त्रको अन्त्य, लोकतन्त्रको पूर्नस्थापनको लागि कांग्रेसले डटेर सामाना गरेको उल्लेख गर्दै अहिले बनेको एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालको वाम गठबन्धनबाट आफूहरु रक्तिपनि नआँत्तिएको बताए ।

त्यस्तै उनले एउटै सिद्धान्त, मूल्य, मान्यता एवं आर्दश र मान्यताबाट प्रेरित नेपाली कांग्रेसका कार्यकर्तालाई एउटै नजरबाट हेरी स्थान, विशेष, भौगोलिक अवस्था एवं जातीय समिकरणलाई अवमुल्यन गरी आँफैले निर्धारण गरेको टिकट वितरणको मापदण्डलाई लत्याई आ–आफ्नो गुटको व्यक्तिलाई टिकट दिँदा विगतको निर्वाचनमा पनि पार्टीले हार व्यहोरेको गुनासो पोखे । उनले थपे,‘अबको निर्वाचनमा नेतामुखी नभई जनतामुखी र लोकप्रिय व्यक्तिलाई टिकट दिन र दिलाउन हाम्रो जोडदार माँग छ।’

समितिद्धारा जारी गरिएको विज्ञप्ती भनिएको छ,‘नेकपा एमालेको उग्रराष्ट्रवादको नाराले हिमाल, पहाड, तराईवीच सम्प्रदायिक द्धन्द्ध फैलाउन खोज्दा नेपाली कांग्रेस चुप लागेर बस्यौं, प्रतिवाद गर्न सकेनौं, अहिले उग्र वाम र उग्र दक्षिणपन्थी कम्युनिष्टहरुको मिलापलाई चटकी ठान्दछौं । नेपाली जनताकोसामू नेपाली कांग्रेसले एउटा ठोस नारा लिएर जानु जरुरी छ। जसमा राणा शासन, पञ्चायती शासन र राजतन्त्रको विरुद्धमा लडी मुलुकलाई शान्ति प्रक्रियामा ल्याई लोकतान्त्रिक संविधान दिलाउने दललाई रोज्ने कि विदेशीले पिछलग्गु साम्यावादी विचारलाई रोज्ने र यसको उत्तर नेपाली जनतामा नै छ।’

त्यस्तै कार्यक्रममा धादिङ जिल्लाका कोषाध्यक्ष बाबुकृष्ण सापकोटाले वाम एकतादेखि आफूहरु नडराएको स्पष्ट पारे । उनले भने,‘कांग्रेसले आफ्नो लक्ष्य र उधेश्यबाट विचलति हुनुहुँदैन, एक ढिक्का भएर अघि बढ्यो भने हामी धेरै राम्रो जित हाँसिल गर्न सक्छौं।’

काँस्कीका कोषाध्यक्ष लक्ष्मी पाण्डेले पनि वर्तमान वाम गठबन्धन अप्राकृतिक रहेको आरोप लगाएकी थिइन् । उनले भनिन्,‘पहिले कम्युनिष्ट नेताहरु भारतीय रिमोर्टबाट चल्थे, अहिले युरोप, चीन र क्रिश्यिचनको डलरमा विक्रि भएका छन्, नेपालमा राष्ट्रपतीय शासनको अभ्यास गर्नको लागि वाम गठबन्धनको प्रयास भैरहेको छ।’

त्यस्तै समितिले कांग्रेसको विकल्प कांग्रेस नै हो भन्ने मान्यताका साथ नेपाली कांग्रेसका केन्द्रदेखि गाउँसम्मका कार्यकर्तामा केन्द्रिय नेतृत्वको धुव्रीकरणको चिरा मेटाउन विगतको ईतिहाँसलाई सम्झी नेपाली कांग्रेसको भावी प्रधानमन्त्रीको उम्मेद्धवार घोषणा गरी पार्टी नेतृत्व एक भएको सन्देश दिई जनतामाझ चुनावी नारा लिएर जान पनि माँग गरेको छ।

कार्यक्रममा कांग्रेस तनहुँका कोषाध्यक्ष एवम् राष्ट्रिय कोषाध्यक्षहरुको कोषाध्यक्ष रेशम गुरुङले विज्ञप्ती वाचन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
विश्वभर तेलको मूल्य बढ्ने विश्व बैँकको आँकलन
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ  गरी सार्वजनिक मुद्धा चलाउने
अर्कै युवा संग प्रेममा गासिएको भन्दै मीना यादवलाई कुट्ने उनकै बुबा इन्नरलाई प्रक्राउ गरी सार्वजनिक मुद्धा चलाउने
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
नेतृत्वमाथि मुद्दा चलाउन खोजेपछि चोलेन्द्र विरुद्ध महाअभियोग दर्ता गरियो : प्रधानमन्त्री दाहाल
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
भिमफेदि गाईजको डान्समा रेशमी पर्दा (हेर्नुहोस भिडीयो)
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
पाल्पा,खोटाङ,बर्दियाको ताजा मत पारीणाम
मेसी को गोल मा बार्सिलोना विजयी
मेसी को गोल मा बार्सिलोना विजयी
Kavi Kumar Azad aka Dr Hathi’s dead body reached home, funeral will take place shortly!
Kavi Kumar Azad aka Dr Hathi’s dead body reached home, funeral will take place shortly!
फरार अपराधी १७ वर्षपछि पक्राउ…
फरार अपराधी १७ वर्षपछि पक्राउ…
राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै
राष्ट्रसङ्घले यौन दुर्व्यवहारको आरोपमा नौ शान्ति सैनिकलाई फिर्ता गर्दै