सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १९, २०७४
|
|
७८ पटक हेरिएको
Shares
सामाजिक कार्यमा अगाडि बढदै फैजाने अहले बैत संस्था

सारांश

  • परासी, १९ पुस ।
  •   नवलपरासीमा साकारात्म उद्देश्यले स्थापित फैजाने अहले बैत संस्था सामाजिक कार्यमा अगाडी बढीरहेको छ ।
  • संस्थाले समाजमा साकारात्म परिवर्त गर्न र सामाजिक विकृतिलाई विस्थापित गर्न एक अभियान नै लिएर स्थापित भएको हो ।

परासी, १९ पुस ।  नवलपरासीमा साकारात्म उद्देश्यले स्थापित फैजाने अहले बैत संस्था सामाजिक कार्यमा अगाडी बढीरहेको छ । संस्थाले समाजमा साकारात्म परिवर्त गर्न र सामाजिक विकृतिलाई विस्थापित गर्न एक अभियान नै लिएर स्थापित भएको हो ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको कम समयमै संस्थाले रामग्राम नगरको सरसफाई, रक्तदान, विरामीहरुलाई फलफुल विरतण, हाजी विदायी कार्यक्रम, धार्मिक सहिष्णुता र सामाजिक सदभाव जोडने कार्यक्रमहरु गर्दै आएको छ । ईस्लामि धर्मावलम्बी र मुस्लिम समुदायका युवाहरुको एकताबाट संचालनमा आएको यस संस्थाले समाजमा राम्रो काम गरि आफनो छाप छोडने उद्देश्य बाकि अगाडी बढेको संस्थाका अध्यक्ष सैयद गुलाम हुसैन मिँयाले बुद्धबार एक कार्यक्रममा बताए ।
संस्थाले जिल्लाको सदरमुकाम परासीमा बुद्धबार संस्थाको कार्यालय खोली एक कार्यक्रम बिच उद्दघाटन समेत गराएको छ । संस्थाको काम कार्यवाही उक्त कार्यालयबाट संचालन हुने गरि संस्थाले रामग्राम नगरपालिका २ मस्जिद टोल स्थित संस्थाको कार्यालय खोली एक कार्यक्रम बिच उद्दघाटन गराएको हो । संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनको अध्यक्षतामा भएको कार्यालय उद्दघाटन कार्यक्रममा कार्यक्रम प्रमुख अतिथि एवं पुर्व सांसद हाजी अलाउद्दिन अंसारीले गमलामा फुल रोपि र रिबन काटी कार्यालयको उद्दघाटन गरेका हुन् ।

कार्यालयको उद्दघाटन गर्दै प्रमुख अतिथि एवं पुर्व सांसद अंसारीले संस्थाको प्रगतिको कामना पनि गरेका थिए । उनले कार्यक्रमा बोल्दै भने, संस्थालाई अगाडी बढाउन सबै एकजुट भई लाग्न आवश्यक छ । उनले, संस्थालाई सामाजिक र व्यवहारिक रुपमा अगाडी बढाउन आर्थिक, भौतिक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

संस्थाका अध्यक्ष सैयद गुलाम हुसैनले संस्थाको उद्देश्य माथि प्रकाश पार्दै संस्थाको उद्देश्य पुरा गर्न सबैको सहयोगको अपेक्षा राखे । उनले, गरिब तथा विपन्न परिवारको उपचारमा सहयोग गर्ने, लागु औषध न्युनिकरण गर्ने, विभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने, पिछडिएको समुदायको जिवन स्तर माथि उठाउन विभिन्न जनचेतना एवं शिप मुलक कार्यक्रम गर्ने र मुस्लिम समुदायको नेतृत्व एवं क्षमता विकास गर्न विभिन्न नेतृत्व विकास तालिम समेतको आयोजना गर्ने यस संस्थाको मुख्य उद्देश्य रहेकाले सबै संघ संस्थालाई आवश्यक सहयोगको अपेक्षा राखे ।

कार्यक्रममा विशिष्ट अतिथि एवं माओबादी केन्द्रका केन्द्रिय सदस्य बुद्धन अलि, युवा समाजसेवी अमिरुल्लाह मिँया, युवा समाजसेवी कासिद अलि, समाज सेवी हाजी ईस्हाक मिँया, हाजी सैयद ईजहार मिँया, हाजी सैयद मुख्ताल अहमद, मौलाना मोहर्रम अलि, मौलाना अमिरुल्लाह अंसारी, मौलाना सैयद सद्दाम हुसैन, मौलाना उमर अलि, मौलाना सेराज लगायतले संस्थाको उद्देश्य पुरा गर्न संस्थाको प्रगतिका लागि आवश्यक सहयोग गर्दै एकजुट भएर लाग्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
दुर्घटनाको निगरानी गर्न काठमाडौँ उपत्यकामा एएनपीआर क्यामेरा जडान
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
आज विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच हुँदैछ ?
हत्या गरिएको युवकको पहिचान भयो ।
हत्या गरिएको युवकको पहिचान भयो ।
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
विश्व हिन्दु युवा संघले गर्यो उम्मेदवारको एजेण्डा सहितको भेटघाट कार्यक्रम
1XBET Mobile Yukle 1xbet apk & app Android, iphone ilə idman mərcləri üçün mobil proqramlar 1xBet Azərbaycan aze 1xbet
सामाखुसीमा पैदल यात्रुलाई माइक्रोले ठक्कर दियो, १ जनाको मृत्यु, ४ घाइते
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
कीर्तिमानी कामीरिता शेर्पालाई विमानस्थलमा स्वागत
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
मुख्यमन्त्री शर्माद्वारा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
बिहीबारबाट मौसम क्रमिक सुधार हुँदै जाने
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित
नेपालले शुक्रबार आइसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा आयोजक सिंगापुरलाई २२ रनले पराजित