कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ५, २०७४
|
|
६५ पटक हेरिएको
Shares
कीर्तिपुर नगरपालिका वडा नं ४ र ८ को अध्यक्षमा काँग्रेस विजयी

सारांश

  • काठमाडौँ, ५ जेठ ।
  • कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित हुनुभएको छ ।
  • निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले अहिले ६, ९ र १० वडाको मतगणना सुरु भएको जानकारी दिनुभयो ।

काठमाडौँ, ५ जेठ । कीर्तिपुर नगरपालिकाको पछिल्लो मतगणनाअनुसार वडा नं ४ र ८ को अध्यक्षमा क्रमशः नेपाली काँग्रेसका राजेन्द्र बानियाँ र विनोद महर्जन निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत गजेन्द्रबहादुर सिंहले अहिले ६, ९ र १० वडाको मतगणना सुरु भएको जानकारी दिनुभयो । कुल १० वडा भएको उक्त नगरपालिकाका सबै मत परिणाम आज साँझसम्म आउने जनाएको छ ।

प्राप्त पछिल्लो मतगणनाअनुसार प्रमुखमा नेकपा (एमाले)का रमेश महर्जन पाँच हजार ८४९ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजकुमार नकर्मीले पाँच हजार ४१७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र)का हिराबहादुर महर्जनले दुई हजार ९०६ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

उपप्रमुख पदमा एमालेकै सरस्वती खड्का पाँच हजार ४७९ मतका साथ पहिलो स्थानमा, काँग्रेसका विमला विष्ट चार हजार ९७८ मतका साथ दोस्रो तथा माओवादी केन्द्रका सुशीला बस्नेत दुई हजार २३७ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

कुल मतदाता २८ हजार १०३ रहेको कीर्तिपुर नगरपालिकामा २३ हजार ६३३ मत खसेको थियो । जम्मा ५२ पदका लागि भएको निर्वाचनमा २६४ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

(https://blogs.20minutos.es/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
सुरक्षित बन्दै भृङ्गी–स्वर्गद्वारी सडक
आजको विदेशी मुद्राको विनिमय दर कति ?
आजको विदेशी मुद्राको विनिमय दर कति ?
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
नेकपा स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली नजाने
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने
पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन
पुनःनिर्माणलाई तीव्रता दिन सहजीकरण गर्न प्राधिकरणको निर्देशन
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
OMG! Major fire breaks out at Deepika Padukone’s building Beaumonde Towers in Mumbai
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
बम समातेर फाल्ने साहसी प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
चीनमा एक महिनामा ६० हजार व्यक्तिको कोभिड सिर्जित समस्याका कारण मृत्यु
निर्वाचनमा सामाजिक सञ्जाल: उपयोग सहज, अनुगमन जटिल
निर्वाचनमा सामाजिक सञ्जाल: उपयोग सहज, अनुगमन जटिल

तपाईंले छुटाउनुभयो कि?