अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २८, २०७४
|
|
३० पटक हेरिएको
Shares
अबको प्रधानमन्त्रीबारे विवाद : एमाले नेता भन्छन्, “केपी ओली”, माओवादी नेता भन्छन्, “छलफल गरेर टुङ्गो लगाउँछौँ”

सारांश

  • २८ मंसिर, काठमाण्ठौ ।
  • नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् ।
  • वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा ल्याउने मुख्य व्यक्ति नै केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल भए पनि प्रधानमन्त्रीका लागि सबै हिसाबले ओली नै उचित भएको बताए ।

२८ मंसिर, काठमाण्ठौ । नेकपा एमालेका नेता तथ पूर्व उद्योगमन्त्री महेश बस्नेतले अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओली नै भएको बताएका छन् । वाम गठबन्धन निर्माण गरेर यो अवस्थामा ल्याउने मुख्य व्यक्ति नै केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल भए पनि प्रधानमन्त्रीका लागि सबै हिसाबले ओली नै उचित भएको बताए ।
प्रधानमन्त्रीको विषयलाई लिएर गठबन्धनभित्र विवाद आउन नहुनेमा बस्नेतले जोड दिएका छन् । विवाद भयो भने जनतामा आएको उत्साह मरेर निराशा छाउने बस्नेतले बताए ।
नेताहरुको व्यवस्थापना महाधिवेशनमार्फत कार्यकर्ताले गर्ने बस्नेतको भनाई छ । पार्टी अध्यक्ष वा प्रधानमन्त्री बनाएर मात्रै नेताहरुको व्यवस्थापन हुने कुराको पछाडि लाग्न नहुने उनको भनाई छ ।
यता माओवादी नेता चक्रपाणी खनालले भने चुनावी नतिजा अएपछि छलफल गरेर प्रधानमन्त्री र पार्टी एकता अनि पार्टी अध्यक्षबारे टुङ्गो लगाइने बताएका छन् ।
पार्टी परिचालन र प्रधानमन्त्रीको मुख्य टुङ्गो लगाउनुपर्ने भन्दै खनालले यसका लागि ठूलो समस्या नआउने जिकिर गरे । अबका दिनमा साठी चालिसको भागबण्डा अन्त्य गर्नुपर्नेमा खनालले जोड दिएका छन् ।
“सांकेतिक कुराहरु जे आइरहेका छन्, शीर्ष नेताहरुबाट आएका अभिव्यक्ति हेर्दा समस्याको चर्चा चलेको छ । तर त्यो केही होइन । अहिले एकताको विकल्प छैन ।” खनालले भने ।
वाम गठबन्धनले पाएको बहुमतको व्यवस्थापन गर्न नसक्ने हो भने वा पदको झगडाका कारण पार्टी एकता गर्न नसके जनमत नै धरापमा पर्ने चेतावनी खनालले दिए ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?