साली सिवानीलाई हिरोइन बनाउँदै निखिल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २५, २०७४
|
|
१६ पटक हेरिएको
Shares
साली सिवानीलाई हिरोइन बनाउँदै निखिल

सारांश

  • अभिनेता निखिल उप्रेतीको निर्देशन रहने चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’को मंगलबारबाट छायाँकन सुरु भएको छ ।
  • ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा निर्माण हुने प्रचार गरिएको चलचित्रमा सिवानी लुइँटेल मुख्य नायिकाको रुपमा देखिने भएकी छन् ।
  • सिवानी निर्देशक निखिलका साली अर्थात अभिनेत्री संचिताको बैनी हुन् ।

अभिनेता निखिल उप्रेतीको निर्देशन रहने चलचित्र ‘कमिटमेन्ट ६० आवर्स’को मंगलबारबाट छायाँकन सुरु भएको छ । ७० प्रतिशत हिन्दी, २० प्रतिशत नेपाली र १० प्रतिशत अंग्रेजी भाषा निर्माण हुने प्रचार गरिएको चलचित्रमा सिवानी लुइँटेल मुख्य नायिकाको रुपमा देखिने भएकी छन् ।
Image may contain: 1 person, smiling, standing and closeup
सिवानी निर्देशक निखिलका साली अर्थात अभिनेत्री संचिताको बैनी हुन् । सिवानीको यो डेब्यु चलचित्र हो ।सिवानी चलचित्रको नायिका फाइनल भएकी अभिनेत्री संचिताले आफ्नो फेसबुकबाट सार्वजनिक गरेकी हुन् ।

उनले बैनीको तस्बिर सार्वजनिक गर्दै चलचित्र उद्योगमा तिमिलाई स्वागत छ भनेर लेखेकी छन् । चलचित्र अभिनयका लागि भारतीय कलाकार रन्जित सेब पनि काठमाडौ आएका छन् ।
चलचित्रमा केही भारतीय कलाकारको समेत अभिनय रहनेछ । केही अगाडि गरिएको चलचित्र निर्माण घोषणा कार्यक्रममा चलचित्रको बजेट साढे २ करोड बताइएको थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?