उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २३, २०७५
|
|
२२ पटक हेरिएको
Shares
उखु किसानलाई चिनी मिल र सरकारले सवा तीन अर्ब तिर्न बाँकी

सारांश

  • काठमाडा २३ माघ ।
  • उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मन्त्रालय सम्हालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए ।
  • मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे ।

काठमाडा २३ माघ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मन्त्रालय सम्हालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए । मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे ।

मन्त्री यादवको बारम्बारको धम्कीपूर्ण भाषणपछि डराएका केही उद्योगी–व्यवसायी उनीसँग छलफल गर्न मन्त्रालयसम्मै पुगे ।

तत्कालीन अवस्थामा उद्योगले वक्यौता रकम दिए पनि यो वर्ष फेरि किसानले पुरानै नियति भोग्नु परेको छ । न उनीहरुले बेचेको उखुको भुक्तानी पाएका छन् न उखुको मूल्य नै ।

किसानले सवा तीन अर्ब रुपैयाँ उखु मिल र सरकारसँग लिन बाँकी छ । यो तथ्यांक सोमबारसम्मको हो । –नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?