सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
५१ पटक हेरिएको
Shares
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग

सारांश

  • काठमाडौं, २२ फागुन ।
  • सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्ने गुनासा बढ्दै गएको र त्यसको नियन्त्रण गर्न कदम चाल्नुपर्ने सांसदहरुले बताएका छन् ।
  • उनीहरुले सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समितिमा बोलाउन माग गर्दै उनीहरु नआएसम्म छलफल गर्न नसकिने भन्दै बिहीबारको बैठक स्थगित भएको छ ।

काठमाडौं, २२ फागुन । सेनामा अनियमितता र भ्रष्टाचार बढेको भन्ने गुनासा बढ्दै गएको र त्यसको नियन्त्रण गर्न कदम चाल्नुपर्ने सांसदहरुले बताएका छन् । उनीहरुले सेनाभित्रको भ्रष्टाचारबारे जवाफ दिन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापालाई समितिमा बोलाउन माग गर्दै उनीहरु नआएसम्म छलफल गर्न नसकिने भन्दै बिहीबारको बैठक स्थगित भएको छ ।

बैठकमा देवेन्द्रराज कँडेल, कृष्णगोपाल श्रेष्ठ, डिला संग्रौला, लालबाबु पण्डित, रेखा शर्मा, दिलेन्द्र बडु, अमरेशकुमार रसिंह, झपट रावललगायतले सेनाभित्रको भ्रष्टाचार र अनियमिततामाथि आवश्यक कानुन बनाउनुपर्ने बताएका छन् । उनीहरुले सय विषयमा रक्षामन्त्री र प्रधानसेनापतिसँग छलफल गर्न जरुरी बताए । फास्ट ट्रयाक, सेना मुख्यालय, गण र गुल्म बनाउँदामात्रै नभएर सरुवा–बढुवा गर्दासमेत सेनामा भ्रष्टाचार भएको कुरा सार्वजनिक हुनु दुःखद भएको सांसद डिला संग्रौलाको भनाइ थियो ।

बैठकमा सांसद अमरेश कुमार सिंहले सेनाभित्रको भ्रष्टाचार कोरोना भाइरसभन्दा पनि खतरनाक रहेको बताएका थिए । उनले सेनाभित्रको भ्रष्टाचार लोकतन्त्रका लागि ससते खतरा रहेको भन्दै मुख्यालयदेखि गण र गुल्मसम्म भ्रष्टाचार हुने गरेको पाइएको बताए ।

बैठकमा बोल्दै सांसद देवन्द्रराज कँडेलले सेना कुनैपनि विवादमा नमुछिकन पारदर्शी हुनुपर्ने बताएका थिए । उनले सेनाले आफुमाथि के आरोप लागेको छ, त्यसमा ध्यान दिनुपर्ने बताउँदै भने, ‘गोलीगठ्ठा वा हेलिकोप्टर खरिद जेसुकै होस्, महालेखाले अव्यवहारिक देखाइरहेको छ । सेनाले पेट्रोल पम्प, क्याटरिङ चलाएर व्यापार ठीक हुँदैन ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब रबि लामिछाने आफ्नै देश अमेरिका छिर !
अब रबि लामिछाने आफ्नै देश अमेरिका छिर !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध !
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
मनाेरञ्जन समाचार : चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख
मनाेरञ्जन समाचार : चलचित्र ‘यात्रा’का दर्शकले जिते एक लाख
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
भुटानका बर्तमान राजा, जो अविवाहित आमाको पुत्रको रुपमा नेपालमा जन्मिएका थिए
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
पत्रकारको प्रश्नको सामना गर्न नसके पछि स्टुडियोबाट यसरी बाहिरिए उपप्रधानमन्त्री उपेन्द्र यादव (भिडियो सहित)
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
महानगरीय ट्राफिक प्रहरीले उपत्यकामा सडक लाईटको व्यवस्थापन गर्ने
सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर
सुशासनको पक्षमा पत्रकारले कलम चलाउनुपर्छ : उपसभामुख रानामगर
गौचन हत्याको योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ
गौचन हत्याको योजनाकार समीरमान बस्नेत भारतमा पक्राउ
ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्के
ठूलो संख्यामा खटिएको प्रहरी रित्तो हात फर्के