कृत्रिम लिंग प्रयोग गरी महिलाद्वारा महिला नै बलात्कृत

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७३
|
|
१८६ पटक हेरिएको
Shares
कृत्रिम लिंग प्रयोग गरी महिलाद्वारा महिला नै बलात्कृत

सारांश

  • सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।
  •   अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो।
  • नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ।

सर्वोच्च अदालतले कानुनी इतिहासमा पहिलोपटक महिलाबाट महिला बलात्कार हुनसक्ने नजिर प्रतिपादन गरेको छ।  अनौठो तथ्यसहित जिल्ला अदालत सङ्खुवासभा हुँदै सर्वोच्चसम्म पुनरावेदन भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दामा सर्वोच्चले फौजदारी विधिशास्त्रमा नयाँ आयाम थपेको हो।

नेपाल सरकार वादी भई लाक्पा शेर्पाविरुद्ध दायर उक्त मुद्दामा प्रतिवादीले परिचय लुकाई कृत्रिम लिङ्ग प्रयोग गरी प्रेमिका बनाएकी बालिकालाई बलात्कार गरेको ठहर सर्वोच्चले गरेको छ।  अदालतको ठहर अनुसार प्रतिवादी लाक्पा शेर्पालाई सात वर्ष कैद सजाय पनि सर्वोच्चले सुनाएको छ।

संयुक्त इजलासले मुलुकी ऐनसँगै लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०७२ ले महिलाबाट महिला बलात्कार हुनसक्ने अवस्था रहेको व्याख्या गरेको हो। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फोनबाटै चिनजान भएका लाक्पा (अजय) र यमुना (नाम परिर्वतन) प्रेममा थिए।  प्रेम सम्बन्ध अगाडि बढ्दै गएपछि दुवै जना विवाहको तयारीमा थिए।  दुवैको सल्लाह अनुसार २०६७ फागुन २२ गते लाक्पा प्रेमिका भेट्न मोरङबाट सङ्खुवासभा पुगेका थिए। लाक्पा र यमुनाको योजना अनुसार नै विवाहको योजना अगाडि बढेको थियो।

भोलिपल्ट समाजमा कुरा चल्यो यमुनाको प्रेमी केटा हैन केटी हो।  सुरुमा पत्यार नभए पनि लाक्पाको शरीर परीक्षण भयो।  शरीर परीक्षणमा लाक्पा केटी भएको प्रमाणित भएपछि उनीविरुद्ध जबर्जस्ती करणी र मानव बेचबिखनमा मुद्दा चल्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?