हेर्नुस् यी ५ वटा बिमानस्थलमा काम हुँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १९, २०७५
|
|
१६ पटक हेरिएको
Shares
हेर्नुस् यी ५ वटा बिमानस्थलमा काम हुँदै

सारांश

  • काठमाडौं ।
  • सरकारले पर्यटक भित्राउने र आवतजावतमा सहज पुर्याउन देशका ५ वटा आन्तरिक विमानस्थल बनाउन लागिपरेको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानका लागि ५ वटा विमानस्थल बनाउने प्रक्रियामा लागिएको बताएका छन् ।

काठमाडौं । सरकारले पर्यटक भित्राउने र आवतजावतमा सहज पुर्याउन देशका ५ वटा आन्तरिक विमानस्थल बनाउन लागिपरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानका लागि ५ वटा विमानस्थल बनाउने प्रक्रियामा लागिएको बताएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जनकपुर, चन्द्रगढी, भरतपुर, धनगढी, सिमीकोट विमानस्थलको धावनमार्ग विस्तार भैरहेको बताएको छ । जनकुपर, चन्द्रगढी, भरतपुर, धनगढी विमानस्थमा भैरहेको कालोपत्रेमाथि एक लेयर थप्न लागिएको हो । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्तरिक उडानतर्फको ४ वटा विमानस्थल व्यवस्थित बनाउन थालेको छ । २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले घोषणा गरिसकेको छ ।

केही दिनअघि लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रत्रे मन्त्री अधिकारीले उद्घाटन गरी काम थालिएको थियो ।

पर्यटक भित्राउन देशका हवाई उडान व्यवस्थित गर्न लागिपरेको उनले बताएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनाभित्र तयार हुने मन्त्री अधिकारीको दाबी छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?