निर्वाचनको तयारी पुरा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ १२, २०७४
|
|
४४ पटक हेरिएको
Shares
निर्वाचनको तयारी पुरा

सारांश

  • सल्लेरी (सोलुखुम्बु), १२ असार ।
  • यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।
  • निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो ।

सल्लेरी (सोलुखुम्बु), १२ असार । यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनको तयारी पूरा भएको छ ।

निर्वाचनका लागि आवश्यक सामग्रीसहित कर्मचारी टोली मतदानस्थलमा पुगिसकेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी जगनाथ दाहालले जानकारी दिनुभयो ।

निर्वाचनसम्बन्धी प्रशिक्षण लिएर मतपत्र, परिचयपत्रलगायत आवश्यक सामग्रीसहित मतदानस्थल पुगेका कर्मचारी अहिले मतदाता परिचयपत्र वितरणको काम गरिरहेका छन् ।

जिल्लाको आठ स्थानीय तहमा ६१ हजार ७४६ मतदाता रहेका छन् । जिल्लामा ११८ मतदानस्थलमा १२० मतदान केन्द्र रहेको छ । सबै मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ६६६ जना कर्मचारी परिचालन गरिएको छ ।

जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । अतिसंवेदनशील, संवेदनशील र सामान्य क्षेत्रको पहिचान गरी सुरक्षा व्यवस्था मिलाइएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । यहाँका २० मतदान केन्द्र अतिसंवेदनशील, ४४ कम संवेदनशील र ५६ केन्द्र सामान्य रहेका र सोही अनुसारको सुरक्षा व्यवस्था तैनाथ गरिएको उहाँको भनाइ छ ।

शान्ति सुरक्षा कायम गरी भयरहित वातावरणमा निष्पक्ष निर्वाचन सम्पन्न गराउन जिल्लामा एक हजार २०० नेपाल प्रहरी, ५९८ म्यादी प्रहरी, १८० सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य
अंगोलाः डोस सान्तोसको शासनकालको अन्त्य
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
झापा-१ माः ‘हेवीवेट’ बीचको प्रतिस्पर्धा, तेस्राे प्रयासमा जित निकाल्ने दाउमा विश्वप्रकाश
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
राष्ट्रव्यापी बाल गायन रियलिटी शो ‘सुरशाला जुनियर आयडल–सिजन २’ को घोषणा
बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
‘कट्रिनाले लिइन सबैभन्दा महंगो पारिश्रमिक’
‘कट्रिनाले लिइन सबैभन्दा महंगो पारिश्रमिक’
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
तुलसीपुरको अम्बास मतदान केन्द्रमा बम विष्फोट, राजविराजका अभियुक्त जेल चलान
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
बलिउडमा ठूलो तरंग ल्याएको ‘मी टू: यी हिराेइनले निर्देशकविरुद्धको केस फिर्ता लिइन्
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाणका तर्फबाट बहस सुरु
राजविराजमा राजपा विजयी
राजविराजमा राजपा विजयी
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे
६ वर्षदेखि खोजी भइरहेका अभियुक्त जब कारागारभित्रै फेला परे

तपाईंले छुटाउनुभयो कि?