पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण
सारांश
- काठमाडौं, ७ फागुन ।
- नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते बनाएका छन् ।
- उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं, ७ फागुन । नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङले सांघातिक आक्रमण गरी घाइते बनाएका छन् । उक्त घटनाप्रति नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा महासंघ कुवेत शाखाका अनुसार २०७४ फागुन ६ गते साँझ अध्यक्ष तामाङले पटकपटक फोन गरी महासंघ कुवेत शाखाका सदस्य सुजन केसीको कोठामा छलफल छ भनी बोलाएर अध्यक्ष न्यौपानेमाथि सांघातिक आक्रमण गरेको उल्लेख छ । आक्रमणबाट घाइते भएका अध्यक्ष न्यौपानेको हाल कुवेतस्थित आदान अस्पतालमा उपचार भइरहेको छ ।
“जिम्मेवार संस्थाको अध्यक्षजस्तो पदमा रहेका व्यक्तिले आफ्नो पदीय हैसियतलाई ख्याल नगरी अर्का जिम्मेवार संस्थाका अध्यक्षमाथि गरिएको यो सांघातिक आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो”, महासचिव विष्टको विज्ञप्तिमा भनिएको छ, “महासंघ पत्रकार न्यौपानेमाथि भएको आक्रमणको घोर निन्दा गर्दछ । घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाहीको पहल गर्न कुवेतस्थित नेपाली दूतावास, नेपाल सरकार र गैर नेपाली संघ केन्द्रीय समितिको ध्यानाकर्षण गराउँदछ ।”
प्रतिक्रिया