स्वास्थ्य चौकीमा औषधि अभाव

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण १५, २०७४
|
|
४० पटक हेरिएको
Shares
स्वास्थ्य चौकीमा औषधि अभाव

सारांश

  • बैतडी, १५ साउन ।
  • यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ ।
  • जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।

बैतडी, १५ साउन । यहाँका विभिन्न स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव भएको छ ।

जिल्लाका स्वास्थ्य संस्थामा वैशाखदेखि औषधि अभाव भएको स्वास्थ्य संस्थाले जनाएका छन् ।

सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि निःशुल्करुपमा उपलब्ध गराउने भनेको भए पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकीका प्रमुख विनोदकुमार कुँवरले जानकारी दिनुभयो ।

आन्तरिक स्रोतबाट केही औषधि खरिद गरिएको भए पनि पछिल्लो समयमा औषधि अभाव भएको उहाँले बताउनुभयो । सबै प्रकारका नभई केही औषधिको भने अभाव रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताउनुभयो ।

स्वास्थ्य चौकीका लागि २० प्रकारको औषधि पर्याप्त मात्रामा छ तर १६ प्रकारको औषधिको भने अभाव रहेको उहाँले बताउनुभयो ।
औषधि अभाव भएका स्वास्थ्य संस्थामा एक दुई महिना अझै अभाव हुने देखिएको छ । औषधि खरिदको रकम अब सम्बन्धित स्थानीय तहमै गएकाले प्रक्रियामा केही ढिलाइ हुने देखिएको हो ।

औषधि अभाव देखाउँदै दुर्गमका स्वास्थ्य चौकी दिउँसो १ बजे नै बन्द हुने गरेका छन् । सरकारले साँझ ५ बजेसम्म स्वास्थ्य चौकी खोल्ने नियम बनाए पनि त्यो नियमको भने पालना हुन सकेको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
नेप्से परिसूचकमा झिनो अङ्कको वृद्धि, एक अर्ब ९३ करोडभन्दा बढीकाे काराेबार
एमाले-माओवादीबीच मिल्यो भागबण्डा ! अव मार्क्स जयन्तीका घोषण
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
युवा जनसङ्ख्याले देशको आर्थिक गतिविधि विस्तार गर्नुपर्छ : अर्थमन्त्री डा महत
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
चुलाचुलीका बासिन्दा कष्टप्रद जीवन बिताउन बाध्य
बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय
बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैद सजाय
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
काभा वुमन्स नेसन्स भलिबल: इरानसँग नेपाल पराजित
आफ्नै श्रीमतीको हत्यारा १७ वर्षपछि पक्राउ…
आफ्नै श्रीमतीको हत्यारा १७ वर्षपछि पक्राउ…
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
  काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई हातपात गर्ने दुई नियन्त्रणमा
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली
देशलाई नयाँ युगमा प्रवेश गराउने काममा सरकार जुटेको छ: प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?