कोमल वली डाको छोडेर रोईन : रुनाको कारण यस्तो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७३
|
|
७४७ पटक हेरिएको
Shares
कोमल वली डाको छोडेर रोईन : रुनाको कारण यस्तो

सारांश

  • देशकै जेठो रेडियो ,रेडियो नेपालको आधुनिक संगित स्डुडियोमा त्यतिबेला सन्नाटा छायो जतिबेला वरिष्ठ समाचारवाचिका कोमल वली आफ्नो २३ वर्षै रेडियोको सरकारी जागीरे जीवनलाई औपचारीक रुपमा टुङगाएको उपलक्ष्यमा आयोजीत विदाई कार्यक्रममा डाको नै छोडेर रोईन् ।
  • रेडियो नेपालले आयोजना गरेको विदाई कार्यक्रमको शुरुवाती क्षणमा प्रसन्न मुद्रामा देखिएकी वली कार्यक्रमको अन्तिम क्षणमा आफ्नी अत्यन्त मिलसार साथी रमा पराजुलीले अबिर लगाईदिदां थाम्मिन सकिनन् र दुवै जना अंगालो मारेरै खुब रोए ।
  • निकै भावुक बनेको माहोलमा दुई साथीको मित्रभाव आँखा र अनुहारमा प्रष्टै देखिन्थ्यो ।

देशकै जेठो रेडियो ,रेडियो नेपालको आधुनिक संगित स्डुडियोमा त्यतिबेला सन्नाटा छायो जतिबेला वरिष्ठ समाचारवाचिका कोमल वली आफ्नो २३ वर्षै रेडियोको सरकारी जागीरे जीवनलाई औपचारीक रुपमा टुङगाएको उपलक्ष्यमा आयोजीत विदाई कार्यक्रममा डाको नै छोडेर रोईन् ।

रेडियो नेपालले आयोजना गरेको विदाई कार्यक्रमको शुरुवाती क्षणमा प्रसन्न मुद्रामा देखिएकी वली कार्यक्रमको अन्तिम क्षणमा आफ्नी अत्यन्त मिलसार साथी रमा पराजुलीले अबिर लगाईदिदां थाम्मिन सकिनन् र दुवै जना अंगालो मारेरै खुब रोए ।

निकै भावुक बनेको माहोलमा दुई साथीको मित्रभाव आँखा र अनुहारमा प्रष्टै देखिन्थ्यो । राष्ट्रिय प्रजातन्त्र पार्टीको हालै सम्पन्न महाधिवेनमा खुल्ला तर्फबाट तेस्रो स्थान हासिल गर्दे केन्दिय्र सदस्य पदमा विजयी भएकी वली सञ्चारकर्मी, गायिका मात्र होईन अब देश हाँक्ने नेतृ समेत भएकी छिन् ।

राजनीतिक जीवनलाई अगाडी बढाउने दृढ संकल्पका साथ आफूले सरकारी जागिरलाई बीचमै पूर्ण बिराम लगाएको बताउँने गायिका तथा नेतृ वलीले तनमनका साथ राजीनीति मै लागेर देशको सेवा गर्ने बताईन । वलिले दिएको राजीनामा रेडियो प्रशासनले स्विकृत गर्दै आज औपचारीक विदाई कार्यक्रम राखेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?