मोदीले इमरान खानलाई बोलाउलान् शपथ ग्रहणमा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
मोदीले इमरान खानलाई बोलाउलान् शपथ ग्रहणमा ?

सारांश

  • बीबीसी।
  • १४ फेब्रअरीमा भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि आतंकवादी आक्रमण र त्यसपछि भारतीय वायु सेनाद्वारा बालाकोटमा गरिएको एयरस्ट्राइकपछि पहिलो पटक भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद भएको छ ।
  • भारतीय र पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजयी भएमा बधाइ दिएको जनाएका छन्।

बीबीसी। १४ फेब्रअरीमा भारत प्रशासित कश्मीरको पुलवामामा सुरक्षाकर्मीमाथि आतंकवादी आक्रमण र त्यसपछि भारतीय वायु सेनाद्वारा बालाकोटमा गरिएको एयरस्ट्राइकपछि पहिलो पटक भारत र पाकिस्तानका प्रधानमन्त्रीबीच प्रत्यक्ष संवाद भएको छ । भारतीय र पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै आइतबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी लोकसभा निर्वाचनमा विजयी भएमा बधाइ दिएको जनाएका छन्।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्रीसँग क्षेत्रीय शान्ति र विकासकालागि आतंकवाद समाप्त गर्नुपर्नेमा जोड दिएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उहाँले जोड दिएर हाम्रो क्षेत्रमा शान्ति, प्रगति र समृद्धिकालागि हिंसा र आतंकवादबाट मुक्त वातावरण बनाउन आवश्यक छ।’ पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा टेलिफोन संवादमा क्रममा प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्रीसँग दक्षिण एशियामा शान्ति, विकास र आपसस् सहयोगका प्रतिवद्धता जनाएको उल्लेख गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री खानले भारतीय प्रधानमन्त्रीसँग यी सबै मुद्दामा मिलेर काम गर्न आफू उत्साहित भएको प्रतिक्रिया दिएका थिए । पुलवामा आक्रमणपछि भारत र पाकिसतानबीको सम्बन्ध निकै तनावपूर्ण अवस्थामा छ। प्रधानमन्त्री मोदीले दोस्रो पटक लोकसभा निर्वाचनमा जित हासिल गरेका छन्। यसअघि उनले २०१४ को निर्वाचनमा जित हासिल गरेपछि आफ्नो शपथ ग्रहण समारोहमा उनले दक्षिण एशियाली मुलुकका राष्ट्र प्रमुखलाई निमन्त्रणा गरेका थिए ।

मोदीको सो शपथ ग्रहण समारोहमा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज शरीफ सहभागी भएका थिए। यो पटक मोदीको शपथ ग्रहण ३० मे मा हुँदैछ । यो पटक कुन–कुन देशका राष्ट्र प्रमुखलाई बोलाइन्छ भन्ने विषय तय भइसकेको छैन।
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदीलाई इमरान खान बाहेक माल्दिभ्सका पूर्व राष्ट्रपति र नेपालका पूर्वप्रधानमन्त्रीले पनि टेलिफोन गरेर बधाइ दिएको उल्लेख छ।
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नशीदले प्रधानमन्त्री मोदीलाई उनको ऐतिहासिक जितकालागि बधाइ दिँदै दक्षिण एसियामा कट्टरपन्थी र चरमपन्थीलाई परास्त गर्नुपर्नेमा जोड दिएका थिए। जवाफमा मोदीले उनलाई धन्यवाद दिँदै यो क्षेत्रमा विकास, सुरक्षा र शान्तिकालागि काम गर्ने विश्वास दिलाएका थिए । नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले पनि मोदीलाई टेलिफोन गरी बधाइ दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?