याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई छः नेकपा नेता कृष्ण भक्त पाेखरेल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
याेग्य प्रधानन्यायधीस छनाेट गर्ने अधिकार संसदिय सुनुवार्इ समितिलाई  छः नेकपा नेता कृष्ण भक्त पाेखरेल

सारांश

  • काठमाडाैँ १५ साउन ।
  • नेकपा नेता तथा सांसद कृष्ण भक्त पाेखरेलले याेग्य प्रधानन्यायधीस छान्ने अधिकार स‌सदिय समितिलाई भएकाे बताएका छन् ।
  • प्राइम टाइम टेलिभिजनकाे एक कार्यक्रममा कामु प्रधानन्यायधिस दिपकराज जाेशीका विषयमा बाेल्दै बस्तुनिष्ठ अाधारमा कुनै पुर्वाग्रह नराखि स‌विधानले दिएकाे अधिकार प्रयाेग गर्दा अाफ्ना पक्षमा निर्णय  भएन भनेर लाेकतन्त्रमा प्रश्नचिन्ह खडा भएकाे कुरा गर्नु नहुने बताए ।

काठमाडाैँ १५ साउन । नेकपा नेता तथा सांसद कृष्ण भक्त पाेखरेलले याेग्य प्रधानन्यायधीस छान्ने अधिकार स‌सदिय समितिलाई भएकाे बताएका छन् ।

प्राइम टाइम टेलिभिजनकाे एक कार्यक्रममा कामु प्रधानन्यायधिस दिपकराज जाेशीका विषयमा बाेल्दै बस्तुनिष्ठ अाधारमा कुनै पुर्वाग्रह नराखि स‌विधानले दिएकाे अधिकार प्रयाेग गर्दा अाफ्ना पक्षमा निर्णय  भएन भनेर लाेकतन्त्रमा प्रश्नचिन्ह खडा भएकाे कुरा गर्नु नहुने बताए ।

साेही कार्यक्रममा नेपाल बार असाेसिएसनका अध्यक्ष शेर बहादुर केसीले कुनै पनि उजुरी दर्ता नभइ संसदिय सुनुवार्इ समितिलाई प्रमाण पत्र हेर्ने अधिकार नभएकाे भने।  दिपकराज जाेशी पहिले नै प्रमाण पत्र पास भएर सर्वाेच्च अदालतमा अाएका र अब प्रमाण पत्र नभएर गर्न सक्ने वा नसक्ने क्षमता हेर्नुपर्ने उनले बताए ।

जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित्तबुझ्दो जवाफ नदिएको र कतिपय प्रश्नको जवाफ  नदिएका कारण साेमबार बसेकाे संसदिय सुनुवार्इ समितिकाे बैठकले कुनै निर्णय गर्न नसकेपछि बैठक बुधबार दिउसाे ३ः३० मा बस्ने गरी सारिएकाे थियाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?