गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०७४
|
|
१६ पटक हेरिएको
Shares
गर्मीमा कस्तो छालाको स्याहार कसरी गर्ने ?

सारांश

  • अर्बिना श्रेष्ठ, ब्युटिसियन   | गर्मी मौसममा घामको पराबैजनी किरणले अनुहार तथा शरीरका खुला भाग डढाउने खतरा हुन्छ ।
  • त्यसैले बाहिर निस्कँदा शरीरमा लगाउने पहिरन र अनुहार तथा छालामा प्रयोग गरिने सन प्रोटेक्सन क्रिममा विशेष ध्यान दिनु जरुरी हुन्छ ।
  • छालाअनुसार एडजस्ट गर्ने क्रिम प्रयोग गरिएन भने विभिन्न किसिमका एलर्जी र डन्डिफोर आउने खतरा रहन्छ ।
अर्बिना श्रेष्ठ, ब्युटिसियन   |

गर्मी मौसममा घामको पराबैजनी किरणले अनुहार तथा शरीरका खुला भाग डढाउने खतरा हुन्छ । त्यसैले बाहिर निस्कँदा शरीरमा लगाउने पहिरन र अनुहार तथा छालामा प्रयोग गरिने सन प्रोटेक्सन क्रिममा विशेष ध्यान दिनु जरुरी हुन्छ । छालाअनुसार एडजस्ट गर्ने क्रिम प्रयोग गरिएन भने विभिन्न किसिमका एलर्जी र डन्डिफोर आउने खतरा रहन्छ । घामबाट छाला जोगाउन लगाइएको क्रिमले उल्टै छालामा थप असर पु¥याउन सक्छ । घाम या क्रिमले छाला डढिसकेको छ भने तत्काल उपचार प्रक्रियामा लाग्नुपर्छ । नत्र डेडसेल र डन्डिफोरका दागले अनुहार र शरीरलाई कुरूप बनाउँछ । घामबाट छाला जोगाउन सुरुमा आफ्नो छालाको प्रकार चिन्नु जरुरी हुन्छ । छालाको प्रकारअनुसार नै बजारबाट सन्सक्रिम खरिद गर्नुपर्छ । गर्मी मौसममा छालालाई जोगाउने केही उपायबारे ब्युटिसियन अर्बिना श्रेष्ठको सुझाब यस्तो छः

गर्मी मौसममा अत्यधिक पसिना आउने आयली स्किनमा विभिन्न समस्या आउने गर्छ । अत्यधिक पसिना आउँदा अनावश्यक चिल्लो निस्कने र डन्डिफोर आउने हुन्छ । त्यसैले यस्तो अनुहार तथा छालामा पाउडर सन्सक्रिम प्रयोग गर्नु उपयुक्त हुन्छ । यसबाहेक विभिन्न प्रोडक्टका आयल फ्री क्रिम पनि प्रयोग गर्न सकिन्छ ।

सुक्खा छाला हुनेहरूले भने घामप्रतिरोधी सन्सक्रिम प्रयोग गर्दा हुन्छ । तर, गर्मी मौसममा एसपिएफ ३० भएको क्रिम उत्तम हुन्छ । यसले खस्रो र सुक्खा छालालाई नरम र चम्किलो बनाउँछ ।

कतिपयको छाला निकै नरम र संवेदनशील हुन्छ । अति संवेदनशील छालाको स्याहार पनि निकै जटिल हुन्छ । यस्तो छालालाई जस्तो पायो त्यस्तो सन्सक्रिम प्रयोग गर्दा अनुहार थकित र कालो देखाउँछ । घाममा निस्किनेबित्तिकै यस्तो छाला रातो भएर तत्काल डढ्छ । संवेदनशील छाला हुनेले ‘आयल फ्री’ र ‘एसपिएफ ३०’ प्रयोग गर्दा उत्तम हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?