चितुवाको संख्या घट्दो, मुख्य कारण शिकार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ ४, २०७५
|
|
२२ पटक हेरिएको
Shares
चितुवाको संख्या घट्दो, मुख्य कारण शिकार

सारांश

  • चितवन, ४ जेठ ।
  •   बिरालो प्रजातिको महत्वपूर्ण जनावर चितुवा संरक्षण हुन नसक्दा यसको संख्या घट्दै गएको अनुमान गरिएको छ ।
  • संरक्षणमा लागेकाले बाघ झैं चितुवाको संख्या पनि घट्दै गएर दुर्लभ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

चितवन, ४ जेठ ।  बिरालो प्रजातिको महत्वपूर्ण जनावर चितुवा संरक्षण हुन नसक्दा यसको संख्या घट्दै गएको अनुमान गरिएको छ ।

संरक्षणमा लागेकाले बाघ झैं चितुवाको संख्या पनि घट्दै गएर दुर्लभ हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षणका लागि संगठनले गरेको अनुसन्धानमा सन् २०१० देखि २०१४ सम्ममा काठमाडौँमा मात्रै २५ वटा चितुवा मरेका थिए । तराईदेखि पहाडसम्म पाइने हुँदा देशभर चितुवा के कति मारिए यकिन तथ्यांक कसैले नलिए पनि विभिन्न कारणबाट चितुवा मर्ने र मारिने क्रम बढ्दो छ ।
आइयुसिएनको अनुसन्धान प्रतिवेदनमा सबैभन्दा बढी शिकारको कारण चितुवा मारिएका छन् भने आहार घट्दै जानु र वासस्थानको अभावले चितुवाको संख्या घटेको अनुमान गरिएको छ । सन् २०१२ मा गरिएको एक अध्ययनमा नेपालमा एक हजारको हाराहारीमा चितुवा रहेको अनुमान गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को अनुसूची– १ मा संरक्षित २७ प्रजाति रहेकामा चितुवा नपरेका कारणले पनि संरक्षणमा कम चासो भएको बताउँछन् । बिरालो प्रजातिका बाघ, हिउँ चितुवा र ध्वाँसे चितुवा अनुसूची–१ मा परे पनि चितुवा नपरेकाले यसको संरक्षण हुन नसकेको हो ।

अर्यालका अनुसार समुद्री सतहदेखि तीन हजार मिटर उचाइसम्म पाइने यो वन्यजन्तुले कीरा फट्यांग्रादेखि मुसा, भ्याकुता हुँदै मृगसम्मलाई शिकार गर्ने गर्दछ । बाघ लगायतका ठूला जनावरले आक्रमण गर्नसक्ने हुँदा यसले रुख र अग्लो ठाउँमा शिकारलाई लगेर खाने गर्दछ । अर्यालका अनुसार भाले चितुवा ३० देखि ७० किलोसम्म हुन्छ भने पोथी २८ देखि ६० किलोसम्म हुने गर्दछ ।

ठूला मानिसलाई आक्रमण कम गरे पनि बालबालिकालाई यसले आक्रमण गर्ने गर्दछ । गाउँघरमा कुखुरा, कुकुर, बाख्रा, भेडालगायतका घरपालुवा जनावरलाई बाघले खायो भनिए पनि अधिकांश चितुवाले खाने गरेको अर्याल बताउँछन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका डा आशिष गुरुङ यो जनाबरको संख्या घट्दो क्रममा रहेको बताउँछन् । विभिन्न समयमा प्रहरीले नियन्त्रणमा लिने तस्करको साथबाट बरामद हुने चितुवाको छाला, अंगले पनि यसको चोरी शिकार व्यापक हुने गर्दछ भन्ने प्रमाण रहेको उनी बताउँछन् ।

समयमा चितुवाको संरक्षण हुन नसकेमा भविष्यमा यसको अवस्था पनि बाघको अवस्थामा पुग्नसक्ने चिन्ता गुरुङको छ । जताततै पाउने हुँदा शिकार गर्न सजिलो हुने भएकाले पनि शिकारीको रोजाइँमा चितुवा परेको हो । ७० देखि ९० दिनमा प्रायः एक पटकमा दुईवटा बच्चा जन्माउने यो प्रजातिका विषयमा विभिन्न भनाइ रहेको गुरुङ बताउँछन् ।

उनले भने, “मानिसको भनाइ अनुसार बिरालो प्रजातिको शरीरमा थोप्ला हुने गर्दथ्यो । थोप्ला हट्दै गएर एउटा सिंह बन्यो, थोप्ला पाटा बन्दै गएर अर्को बाघ बन्यो, थोप्ला नै रहेर चितुवा बन्यो ।”

जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी कृष्णप्रसाद पौडेल बाघ संरक्षण गरिए पनि चितुवा संरक्षणको छुट्टै कार्यक्रम भने नरहेको बताउँछन् । वन्यजन्तु भएकाले यसको संरक्षण गरिँदै आएको भए पनि यसलाई लक्षित गरी कुनै कार्यक्रम भने नगरिएको बताउँछन् ।

चितुवाको छाला विदेश निर्यात गर्ने, सौखिन परिवारले सजाएर राख्ने गरेकाले समयमै चोरी शिकारीमा नियन्त्रण गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
भन्सार छलेर ल्याइएका ६१ बोरा कपडा बरामद
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु
कपिलवस्तुको कृष्णनगरमा अनिश्चितकालीन कर्फ्यु
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
सुनको भाउ एक सातामै साढे ४ हजारले बढ्यो, कतिमा हुदैछ कारोबार?
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
स्थानीय निर्वाचनमा महानगरपालिकामा गठबन्धनले यसरी गर्दैछ भागबण्डा
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दुषित पानी बेच्नेलाई कारवाही र मौलिक अधिकार संरक्षणको कानून बनाउन मन्त्री मगरको निर्देशन
दैलेखमा दुई वटा भूकम्पको धक्का
दैलेखमा दुई वटा भूकम्पको धक्का
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म
चुनाव जित्ने ‘फरक’ सांसद : पृष्ठभूमि पुलिसदेखि गुण्डासम्म
जेठ २ गतेको राशीफल यस्तो छ, थाहा पाउनुस आजको शुभ अंक
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन
सडक खाली नगरी कुमारी घर पुगेर राष्ट्रपतिले गरे जीवित देवी कुमारीको दर्शन

तपाईंले छुटाउनुभयो कि?