चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
चसिदै चिन भारत सम्बन्ध , .बढ्दै युद्दको खत्तरा……….

सारांश

  • साउन, काठमाडौं ।
  • चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ ।
  • विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको समाचार एजेन्सीलाई उदृत गर्दै आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

साउन, काठमाडौं । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ ।

विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको समाचार एजेन्सीलाई उदृत गर्दै आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

चिनियाँ सेनाको एउटा ठूलो समूह दशौँ हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पिएलएले जनाएको छ । एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो ।

चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ ।

पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन् । चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्हृवाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अपि्रय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन् ।

चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ ।

यसैबीच, भारतीय सेनाले पनि सीमा क्षेत्रमा टेन्ट टाँगेर २४सै घन्टा निगरानी बढाएको छ । चिनियाँ सेनाले सीमामा गतिविधि नरोकेसम्म भारतीय सेना पछाडि नहट्ने अधिकारीहरूले बताएका छन् ।

१० हजार फिटको उचाइमा सिक्किमको सीमामा परिचालन गरिएका सेनालाई नियमित रूपमा खाद्यान्न र बन्दोबस्तीका सामग्री पठाइएको भारतीय अधिकारीहरूले बताएका छन् । बन्दोबस्तीका सामग्रीसहित सेना परिचालनले नयाँदिल्ली बेइजिङसँग नझुक्ने संकेत गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि
लागुऔषध प्रयोगकर्ताको सङ्ख्यामा वृद्धि
प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल राष्ट्र संघीय सभालाई सम्बोधन गर्न अमेरिका प्रस्थान गर्दै
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
चिरञ्जिवीको फिल्म लाग्दा पाँच देशमा एकसाथ छुट्टी !
अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ !
अहिलेका विद्यार्थीलाई पनि ४५ सालकै कुरा पढाइने रहेछ !
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि
पोखरामा ‘माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो’ आजदेखि
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो
निर्मलाकी आमाले प्रधानमन्त्रीकै अगाडि यसरी पोखिन गुनासो
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
उच्च अदालतद्धारा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा अन्तरिम आदेश जारी
बढ्न थाल्यो सिमेन्ट निर्यात
बढ्न थाल्यो सिमेन्ट निर्यात
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
पुलबाट बस खस्दा च्यापिएर २ को मृत्यु, २ महिलालाई खोलाले बगायो
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै
प्रधानमन्त्री दाहाल भोलि बिहान युगाण्डा प्रस्थान गर्दै

तपाईंले छुटाउनुभयो कि?