सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २३, २०७९
|
|
३० पटक हेरिएको
Shares
सन्दीप लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी, एयरपोर्टबाटै पक्राउ गर्ने प्रहरीको तयारी

सारांश

  • काठमाडौं ।
  • नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध पक्राउ पुजी जारी भएको छ।
  • नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध पक्राउ पुजी जारी भएको छ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

१७ वर्षीया किशोरीले लामिछानेविरुद्ध गत बुधबार बलात्कार आरोपमा जाहेरी दिएकी थिइन्।

लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपिएल) क्रिकेट खेल्न वेस्टइन्डिजमा भए पनि प्रहरीले उनीविरुद्ध प्रमाण संकलन गर्ने र अनुसन्धान गर्ने कार्य अघि बढाइरहेको छ।
पक्राउ पुर्जी जारी भएसंगै लामिछाने नेपाल फर्कने वित्तिकै पक्राउ पर्ने छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?