एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
एक हजार ८२ जना द्वन्द्वपीडितलाई राहत रकम प्रदान !

सारांश

  • नुवाकोट, २३ साउन ।
  • जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।
  • जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो ।

नुवाकोट, २३ साउन । जिल्लाका एक हजार ८२ जना द्वन्द्वपीडितले राहत रकम पाएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा गत आर्थिक वर्षको अन्त्यतिर आएको राहत रकम वितरण गरिएको हो । द्वन्द्वका समयमा तत्कालीन सरकार र विद्रोही पक्षका कारण पीडित भएकाहरुलाई वितरण गर्न रु चार करोड २५ लाख ६५ हजार पठाइ ए पनि रु तीन करोड आठ लाख ५० हजार मात्र खर्च भएको जिप्रकाका प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

द्वन्द्वपीडितका लागि आएको राहतमा रु एक करोड १७ लाख १५ हजार फिर्ता भएको छ । “माग दावी पर्याप्त पर्न नआएका कारण रकम फिर्ता भएको हो । केहीको नाम र थर फरक भएकाले राहत प्रदान गर्न सकिएन”, प्रशासकीय अधिकृत शर्माले भने । सबैभन्दा बढी विस्थापित ९८७ जनाले राहत पाएका छन् । विस्थापितलाई रु २५ हजारको दरले राहत वितरण गरिएको हो । यस्तै अपहृत ५० जनाले पनि रु २५ हजारको दरले रकम पाएका छन् ।

जिप्रकाअनुसार मृतक र बेपत्ताका १४ परिवारले रकम पाएका छन् । एक जनाको परिवारले रु १० लाख र बाँकी १३ जनाका परिवारले जनही रु एक लाख ५० हजारका दरले राहत पाएका छन् । यस्तै द्वन्द्वपीडित टुहुरा बालबालिका २३ जनाले जनही रु ६० हजारको दरले पाएका छन् । यस्तै आठ अंगभंग भएकाहरुले रु पाँच लाख ९५ हजार २०० प्राप्त गरेको जिप्रकाका लेखाअधिकृत रामजी लम्सालले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
आजको मौसमः केही प्रदेशमा पानी पर्ने, सडक तथा हवाइ यातायाता प्रभावित हुन सक्ने
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
गर्मीले आत्तिएका भारतीय पर्यटक चिसो खोज्दै पोखरामा
आगलागी हुँदा २६ लाख बराबरको क्षति
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
अध्यक्षमाथि हातपात गरेको आरोपमा गाउँपालिका उपाध्यक्ष प्रहरी नियन्त्रणमा
बुद्ध मूर्ति सफा गर्दा करेण्ट लागेर मृत्यु
बुद्ध मूर्ति सफा गर्दा करेण्ट लागेर मृत्यु
विराटनगरमा काँग्रेसको अग्रता कायमै, मतान्तर ह्वातै बढ्यो
विराटनगरमा काँग्रेसको अग्रता कायमै, मतान्तर ह्वातै बढ्यो
नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलको थुनछेक बहस सकियो
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
परवेज मुशर्रफ: मृत्युदण्ड दिने निर्णयप्रति पाकिस्तानी सेनाको कडा आपत्ति
जंगली हात्तीले उपद्रो मच्चायो झापामा
जंगली हात्तीले उपद्रो मच्चायो झापामा
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ