देउवा–पौडेल छलफलमा जुट्यो सहमति
सारांश
- काठमाडौं ।
- पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन गठनका विषयमा सहमति जुटेको छ ।
- देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा सहमति जुटेको काँग्रेस स्रोतले जनाएको छ ।
काठमाडौं । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच कार्य सम्पादन गठनका विषयमा सहमति जुटेको छ । देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा सहमति जुटेको काँग्रेस स्रोतले जनाएको छ ।
स्रोतका अनुसार देउवा र पौडेलबीच शनिबारको केन्द्रीय समिति बैठकमा कार्यसम्पादन समिति गठन गर्ने सहमति जुटेको छ । सहमतिअुसार २९ सदस्यीय कार्यसम्पादन समिति गठन गरिने भएको छ ।
कार्यसम्पादन समितिमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्री द्वोय डा. सशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महत स्वतः हुनेछन् भने बाँकी २२ जनामा भागबण्डा गरिने भएको छ ।
स्रोतका अनुसार समितिमा ८ जना पौडेल पक्षबाट समावेस गरिने छ भने सिटौलालाई पनि कार्य सम्पादान समितिमा समावेस गरिने छ । यस्तै देउवा पक्षबाट बाँकी १३ जना केन्द्रीय सदस्यलाई कार्य सम्पादन समितिमा राखिने छ । पार्टी एकीकरण गरेर आएका विजयकुमार गच्छेदार देउवा कोटाबाट १३ जना भित्र पर्ने छन् ।
यसअघि पनि कार्य सम्पादन समिति गठन गरिएको थियो । तर, पार्टी विधान विपरित भन्दै त्यसलाई विघटन गरिएको थियो । कार्य सम्पादन समितिमा देउवा र पौडेलबीच सहमति जुटेकाले शनिबारको बैठकमा पार्टी संसदीय समिति गठनका विषयमा पनि छलफल गरिने एक केन्द्रीय सदस्यले जानकारी दिए ।
पार्टीका तर्फबाट संसदीय निर्वाचन र प्रदेशसभा निर्वाचनमा टिकट बाँड्ने समिति भएकाले काँग्रेस संसदीय समिति सबैभन्दा आकर्षक मानिन्छ।
प्रतिक्रिया