चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ४, २०७४
|
|
७४७ पटक हेरिएको
Shares
चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी विजयी

सारांश

  • चौतारा, ४ जेठ ।
  • सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
  • उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।

चौतारा, ४ जेठ । सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी नगरपालिकाको प्रमुखमा नेकपा (माओवादी) केन्द्र)का अमानसिंह तामाङ सात हजार ७२९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सोम सापकोटाले पाँच हजार ८०६ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन कार्यालयकाअनुसार उपप्रमुखमा माओवादीका जानुका पराजुलीले सात हजार ७२२ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वी एमालेका सीता थापाले छ हजार २६८ मत प्राप्त गर्नुभएको छ ।

सो नगरपालिकामा वडा नं १, ३, ६, १०, १२ र १४को वडाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन भने वडा नं ४, ५, ७, ९, ११ र १३ मा माओवादीका उम्मेदवार विजयी भएका छन् ।
वडा नं २ मा राप्रपा र वडा नं ८ मा नेपाली काँग्रेसले जित हासिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?