दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
२१ पटक हेरिएको
Shares
दशैँको आठौँ दिन बिहानैदेखि शक्तिपीठमा भक्तजनको भीड

सारांश

  • काठमाडौँ, १२ असोज ः बडा दशैँको महाअष्टमीका दिन आज बिहानैदेखि उपत्यकाका शक्तिपीठलगायत देशभरका देवी मन्दिरमा बलिसहित पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।
  • उपत्यकाका शक्तिपीठहरु पशुपति क्षेत्रस्थित गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, कालिकास्थान, बज्रयोगिनी, दक्षिणकाली, बिजेश्वरी, इन्द्रायणी, मैतीदेवी, संकटा, रक्तकाली, नरदेवी, बज्रबाराही, चामुण्डा, सुन्दरीमाई, वनदेवीलगायत स्थानमा भक्तजनको भीड लागेको हो ।
  • यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

काठमाडौँ, १२ असोज ः बडा दशैँको महाअष्टमीका दिन आज बिहानैदेखि उपत्यकाका शक्तिपीठलगायत देशभरका देवी मन्दिरमा बलिसहित पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

उपत्यकाका शक्तिपीठहरु पशुपति क्षेत्रस्थित गुह्येश्वरी, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, कालिकास्थान, बज्रयोगिनी, दक्षिणकाली, बिजेश्वरी, इन्द्रायणी, मैतीदेवी, संकटा, रक्तकाली, नरदेवी, बज्रबाराही, चामुण्डा, सुन्दरीमाई, वनदेवीलगायत स्थानमा भक्तजनको भीड लागेको हो ।

यसैगरी उपत्यका बाहिरका गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डढेलधुराको उग्रतारा, काभ्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालिञ्चोक भगवती लगायतका शक्तिपीठमा पनि बलिसहित पूजा आराधना गर्ने श्रद्धालु भक्तजनको भीड लागेको छ ।

आश्विन शुक्ल अष्टमीका दिन आज दशैँ घर अथवा पूजा कोठामा दुर्गा स्थापना गरिएको स्थलमा नव दुर्गामध्येकी आठौँ महागौरी देवीको पूजा आराधना गरियो । वर्षभरमा पर्ने अष्टमीमध्ये दुर्गा देवीको पूजा उपासनाको विशेष दिन भएकाले आजको दिनलाई महाअष्टमी भनिन्छ ।

आजको दिन कलपूर्जा, हातहतियार र सवारीसाधनलाई विशेष रुपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजाआजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्र अस्त्रका रुपमा मानी पूजा गर्ने गरिएको हो ।

देवीका शस्त्र अस्त्रसहित चतुरंगिणी सेनाको पनि आह्वान गरी पूजा गरियो । पशुबलि नचढाउनेले भने आज पूजाकोठामा कूल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बलि चढाई पूजा आराधना गर्दछन् ।

आज राति हनुमानढोकाको दशैँघरमा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित कालरात्रि पूजा गर्ने गरिन्छ । यसैगरी कालरात्रि पूजा गर्नेले आज घर–घरमा राति विशेष पूजा गर्छन् ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म क्रमशः पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा–आराधना गरिन्छ । नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिन दुर्गा पक्ष दशैँ आदि नामले विशेष रुपमा मनाउने नेपाली परम्परा छ । यसमध्ये पनि आश्विन शुक्ल अष्टमी, नवमी र दशमीका तीन दिनलाई देवीको उपासना र पूजाका लागि विशेष दिन मानिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । यी तीन दिनलाई विशेष रुपमा मनाउनुअघि आश्विन शुक्ल सप्तमीका दिन दशैँ घर वा पूजाकोठामा फूलपाती भित्र्याइन्छ ।

नौ दिनसम्म नौवटी देवीको पूजा–आराधना गरिएको घडाले विजयादशमीका दिन अभिषेक गरी दुर्गाको प्रसादका रुपमा जमरासहित टीका लगाइन्छ । नवदुर्गाको प्रसादका रुपमा टीका र जमरा आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउने गरिन्छ ।

दुर्गा पक्षमा महाकाली, महालक्ष्मी, महासरस्वतीसहित नवदुर्गाको पूजा–आराधना गरेमा वर्षभरका लागि आध्यात्मिक शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ । आश्विन शुक्ल पक्षलाई शक्ति आराधनाको विशेष पर्वका रुपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
जनतालाई कानुनभन्दा विकास महत्त्वपूर्ण हुन्छ : नेत्री भुसाल
Province social development ministers come up with collective promises to end inhuman practices
Province social development ministers come up with collective promises to end inhuman practices
फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै
फिफा विश्वकप: आज अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा भिड्दै
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
Here’s what happened when a journalist asked Salman Khan about his marriage, watch
Here’s what happened when a journalist asked Salman Khan about his marriage, watch
“लगानीकर्ताको प्रभावबाट संचार माध्यम संचालन भए : मुख्यमन्त्री पोख्रेल
“लगानीकर्ताको प्रभावबाट संचार माध्यम संचालन भए : मुख्यमन्त्री पोख्रेल
अष्ट्रेलियामा नयाँ आप्रवासन नीति, नेपालीहरू चिन्तित
अष्ट्रेलियामा नयाँ आप्रवासन नीति, नेपालीहरू चिन्तित
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
विवेकशील र साझा पार्टी एकीकृत हुँदै, ‘विवेकशील साझा पार्टी’ नाम प्रस्तावित
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
कैलाली बस दुर्घटना, तीन जनाको मृत्यु, ३६ घाइते (नामसहित)
तिहारपछिको पहिलो सुनको ब्यापार, आइतबार कतिमा हुदैछ कारोबार
तिहारपछिको पहिलो सुनको ब्यापार, आइतबार कतिमा हुदैछ कारोबार

तपाईंले छुटाउनुभयो कि?