डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच गोप्य भेटवार्ता भएको खुलासा
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच जी २० सम्मेलनका क्रममा गोप्य भेटवार्ता भएको खुलासा भएको छ ।
- जी २० सम्मेलनका क्रममा दिइएको रात्री भोजको अन्त्यतिर उनीहरुबीच गोप्य भेटवार्ता भएको खुलासा एक अमेरिकी पत्रिकाले गरेपछि ह्वाइटहाउसले पनि यसको पुष्टी गरेको छ ।
- भेटवार्तामा छलफल भएका बिषयबारे भने केही खुलाइएको छैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रुसी समकक्षी भ्लादिमीर पुटिनबीच जी २० सम्मेलनका क्रममा गोप्य भेटवार्ता भएको खुलासा भएको छ ।
जी २० सम्मेलनका क्रममा दिइएको रात्री भोजको अन्त्यतिर उनीहरुबीच गोप्य भेटवार्ता भएको खुलासा एक अमेरिकी पत्रिकाले गरेपछि ह्वाइटहाउसले पनि यसको पुष्टी गरेको छ । भेटवार्तामा छलफल भएका बिषयबारे भने केही खुलाइएको छैन । भेटमा ट्रम्प र पुटिन तथा पुटिनका भाषा अनुवादक मात्रै सहभागी रहेको बीबीसीले उल्लेख गरेको छ ।
त्यसअघि दुई राष्ट्रका प्रमुखबीच भएको औपचारिक भेटवार्तामा अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेप लगायत बिषयमा छलफल भएको बताइएको छ । यसैबीच राष्ट्रपति ट्र्म्पले ट्वीट गर्दै जि २० सम्मेलनका क्रममा आयोजना गरिएको रात्रीभोजका क्रममा भएको सामान्य छलफललाई भयावह रुपमा प्रस्तुत गािरएको भन्दै सञ्चारमाध्यमको आलोचना गर्नुभएको छ ।
प्रतिक्रिया