भैँसीलाई भत्ता !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १०, २०७५
|
|
३४ पटक हेरिएको
Shares
भैँसीलाई भत्ता !

सारांश

  • म्याग्दी, १० साउन  मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ ।
  • सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो ।
  • यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए ।

म्याग्दी, १० साउन  मंगला गाउँपालिकाले सुत्केरी भँैसी गाल्ने किसानलाई पोषणभत्ता उपलब्ध गराउन थालेको छ । सुत्केरी अवस्थाका गाईभैँसीको स्याहारसुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरिएको हो । यसवर्ष १९ भैँसीपालक कृषकलाई रु तीन हजारका दरले सुत्केरी भत्ता उपलब्ध गराइएको गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख दीर्घबहादुर खड्काले जानकारी दिए ।

कुहुँका आठ, बाबियाचौरका एक र बरंजाका १० कृषकलाई सुत्केरी भैँसीको आहराका लागि भत्ता उपलब्ध गराइएको हो । व्यावसायिक पशुपालनतर्फ आकर्षित गरी दूध उत्पादन वृद्धि गर्ने उद्देश्यले आगामी वर्षमा समेत कार्यक्रमलाई निरन्तरता दिने खड्काले बताए । घाँसपातबाहेक अन्य पोषणयुक्त खानेकुरा नदिँदा पशुुको आयु कम हुने, विभिन्न रोगले सताउने, बिरामी हुने र दूध उत्पादन घट्ने समस्या छ । यसैगरी मंगला गाउँपालिकाले पाँचजना व्यावसायिक बाख्रापालक कृषकलाई रु एक लाखका दरले अनुदान उपलब्ध गराएको छ । हिदीका देवेन शर्मा, बमबहादुर पुन, थाइवाङका विश्वास पौडेल, कुहुँका रणबहादुर खत्री र बरंजाका पूर्ण आचार्यले बाख्रापालन व्यवसाय विस्तार र खोर सुधारका लागि अनुदान पाएका हुन् ।

कुहुँका योगेन्द जुक्जाली, अर्मन धाराका वीरबहादुर खड्का, हिदीका बेलबहादुर विक, पखेरका डेकबहादुर थापा र भाइवाङकी थिरमती शर्माले उन्नत जातको बोका खरिद गर्न रु १५ हजारका दरले अनुदान पाएका छन् । मंगला गाउँपालिका– ४ मा बुकेनी व्यावसायिकउन्मुख बाख्रापालन समितिमार्फत बाख्रा पैँचो कार्यक्रम शुरु भएको छ । कार्यक्रममार्फत दुई वर्षअघि कुहुँको पैँयुपाटाको समूहलाई बाख्रा खरिदका लागि दिइएको अनुदान फिर्ता गरेर बुकेनीको समूहलाई उपलब्ध गराइएको छ ।

पचास जना आबद्ध समितिअन्तर्गत १०÷१० जनाका दरले पाँच वटा समूह बनाइएको छ । प्रत्येक समूहलाई उन्नत जातको बोका खरिदका लागि रु १५ हजारका दरले उपलब्ध गराइएको छ । बोका ढुवानीमा थप रु १० हजार अनुदान पाएका छन् । प्रतिकृषक तीन वटाका दरले बाख्रा खरिद गर्न रु नौ हजारका दरले चार लाख ५० हजार वितरण गरिएको छ । सो रकम कृषकलाई दुई वर्षपछि फिर्ता गरेपछि अर्को समितिलाई वितरण गर्ने प्रक्रिया रहेको खड्काले जानकारी दिए। खोर मर्मतका लागि थप रु पाँच हजारका दरले रु दुई लाख पाँच हजार वितरण गरिएको छ ।

व्यावसायिक हितकोष स्थापना

म्याग्दी उद्योग वाणिज्य संघले व्यावसायिक हितकोष स्थापना गरेको छ । रु ३० लाख कोषको ब्याजबाट उद्योग व्यवसायमा प्राकृतिक विपद्बाट क्षति पुग्दा, व्यवसायी र परिवारका सदस्यको देहावसन हुँदा सहयोग गर्ने व्यवस्था मिलाइने भएको छ । प्राकृतिक विपद्बाट प्रभावित व्यवसायीलाई क्षतिको अवस्थाअनुसार रु ५० हजारसम्म राहत उपलब्ध गराउने निर्णय भएको संघका महासचिव लीलाराम गौतमले जानकारी दिए ।

व्यवसायीको मृत्यु भएमा रु ७५ हजार र परिवारका सदस्यको मृत्यु भएको अवस्थामा रु २५ हजार सहयोग गरिने भएको छ । महासचिव गौतमका अनुसार कोषमा आर्थिक स्रोत जुटाउनका लागि प्रतिसदस्य एकपटक रु दुई हजार मात्र शुल्क संकलन गरिने भएको छ । आपत्विपद्मा परेका व्यवसायीलाई व्यवसायलाई निरन्तरता दिन सहयोग, संघप्रति साहनुभूति र अपनत्व स्थापित गराउने उद्देश्यले कोष स्थापना गरिएको अध्यक्ष उत्तम कर्माचार्यले बताए ।

आगामी भदौ १६ गते पच्चीसाँै साधारणसभा गर्ने मिति तय गरेको संघले साउन महिनाभित्र बेनीमा आन्तरिक राजश्व कार्यालय पोखराको घुम्ती टोली बोलाएर बेनीमा कर तिर्ने व्यवस्था मिलाउने निर्णय भएको छ । सोही अवसरमा करीब एक हजार व्यवसायीलाई हितकोषमा आबद्ध बनाउने संघको योजना छ । संघमा एक हजार ६८० जना उद्योग र व्यवसायी आबद्ध छन् । हितकोषको सुविधा लिनका लागि शुल्क तिरेर सदस्य बन्नुपर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित
यो गाउँको एकजनाबाहेक सबै कोरोना संक्रमित
1xBet Azerbaycan Qeydiyyat Mobi AZ Yukle Elaqe Nomresi 61 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
भ्रष्टाचार विरुद्ध लड्न क्युबाली राष्ट्रपतिकाे अाग्रह
भ्रष्टाचार विरुद्ध लड्न क्युबाली राष्ट्रपतिकाे अाग्रह
लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट
लक्ष्यभन्दा बढि मुद्दा फछ्र्यौट
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा प्रधानमन्त्री ओली प्रत्यक्ष संलग्न रहेको घिमिरेको खुलासा
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
३० रुपैयाँमा आफैले बेचेको काउलोको पातको धुलो २ हजारमा किन्नुपर्ने! कौडीको भाउमा बहुमुल्य जडीबुटी
भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत
भारतीय चलचित्रको प्रदर्शनमा बाधा नगर्नु: उच्च अदालत
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
गृहमन्त्रीलाइ यी सांसदले किन भने’ उहाँ छाेरिमान्छे हाेइनहाेला नि !
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा
औषधी र डाक्टरसहित पूर्वगृहमन्त्री जाजरकोटमा

तपाईंले छुटाउनुभयो कि?