शुल्क कार्यान्वयनमा आएन : आन्दोलनको चेतावनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २२, २०७६
|
|
६० पटक हेरिएको
Shares
शुल्क कार्यान्वयनमा आएन : आन्दोलनको चेतावनी

सारांश

  • नेपालगञ्ज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।
  • कलेजले प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
  • सरकारले निर्धारण गरेभन्दा इन्टर्र्नसीपका लागि रु दुई लाख र सेक्युरिटी डिपोजिटका लागि रु एक लाख गरी थप रु तीन लाख कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन् ।

नेपालगञ्ज विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नेपालगञ्ज मेडिकल कलेजविरुद्ध बाँके जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । कलेजले प्रशासनले अतिरिक्त शुल्क माग गरी भर्ना रोकेपछि विद्यार्थीले कार्यालयमा उजुरी दर्ता गराएका छन् ।
सरकारले निर्धारण गरेभन्दा इन्टर्र्नसीपका लागि रु दुई लाख र सेक्युरिटी डिपोजिटका लागि रु एक लाख गरी थप रु तीन लाख कलेजले माग गरेपछि विद्यार्थीले सो विरुद्ध उजुरी दिएका हुन् । उनीहरूले निर्धा्रित शुल्कमै भर्ना हुन पाउनुपर्ने समेत गरेका छन् ।
चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र विसं २०७६-७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहमा (एमबिबिएसमा ) उपत्यकामा ४० लाख २३ हजार २५० र उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ निर्धारण गरेको थियो । शिक्षण शुल्कभित्रै समेटिने इन्टर्नसीप, विश्वविद्यालयको रजिस्ट्रेशन, परीक्षालगायत शीर्षकमा अतिरिक्त शुल्क माग गरेको विद्यार्थीले गुनासो रहेको छ ।
चिकित्सा शिक्षा संघर्ष समितिले विभिन्न माग राखी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । समितिले विगतमा भएका सम्झौता मेडिकल कलेजले कार्यान्वयन नगरेको र यसै शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीबाट अतिरिक्त शुल्क माग गरेकाले जनाउँदै आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।
संघर्ष समितिका संयोजक डा मिलन गैरे, प्रवक्ता सुजन कडेरिया र महासचिव अनित सिन्हाले विज्ञप्ति जारी सोे चेतावनी दिएका छन् । नेपालगञ्ज मेडिकल कलेजले बढी शुल्क मागेको विषयमा विद्यार्थीकोे । उजुरी आएको बाँकेका प्रजिअ कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Methods to Be a Sugars Baby On-line
न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित स् कांग्रेस
न्यून मुआब्जा निर्धारण जनसमर्थनलाई भड्काउनेतर्फ लक्षित स् कांग्रेस
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सूदुरपश्चिम प्रदेशकाे राजधानी प्रति देउवाकाे अापत्ति, विरोधमा उत्रिन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन
सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
सरकार नै सूचनाको हक कार्यान्वयनमा सकारात्मक छैन : आयुक्त तिम्सिना
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
युएई जेलमा रहेका पत्रकार रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरूको माग
अफ्रिकामा चिनियाँ लगानीको रेल
अफ्रिकामा चिनियाँ लगानीको रेल
पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख
पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने
प्रदेश २ को सरकारमा तीन राज्यमन्त्री थपिने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
सर्यो छवि र शिल्पाको ‘मंगलम’, अब ‘छक्का पन्जा २’ सोलो रिलिज हुने
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान
गुल्मी काँगे्रसको महिला हिंसा तथा जाँडरक्सी नियन्त्रण अभियान