तनहुँको दलित बस्तीको पखाला नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २२, २०७४
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  • दमौली, २२ असार ।
  •   तनहुँको आवँुखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ ।
  • स्वास्थ्यकर्मीले गाउँमै पुगेर बिरामीको उपचार गरेपछि रोग नियन्त्रणमा आएको हो ।

दमौली, २२ असार ।

तनहुँको आवँुखैरेनी गाउँपालिका–१ पोखरीटारको दलित बस्तीमा फैलिएको पखाला नियन्त्रणमा आएको छ । स्वास्थ्यकर्मीले गाउँमै पुगेर बिरामीको उपचार गरेपछि रोग नियन्त्रणमा आएको हो ।
आँवुखैरेनी स्वास्थ्य चौकीका इन्चार्ज अगमराज उपाध्यायले त्यस क्षेत्रमा देखिएको पखाला नियन्त्रणमा आएको बताउनुभयो । बुधबार पनि स्वास्थ्यकर्मी बिरामीको निगरानीमा रहेको जानकारी उहाँले दिनुभयो । बिरामीको दिसा र पिउने पानी जाँचका लागि पठाइएको उपाध्यायले बताउनुभयो । दिसा स्थानीय ल्याब र नमुना पानी परीक्षणका लागि दमौली अस्पतालमा पठाइएको सो स्वास्थ्य चौकीले जनाएको छ ।

आँवुखैरेनीबाट बुधवार त्यहाँ पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीलाई पानी उमालेर खान, क्लोरिन चक्की प्रयोग गर्न, बासी–सडेगलेका खानेकुरा नखान, सफासुग्घर भएर बस्न र झोल पदार्थ प्रशस्त खान सल्लाह दिएको बताइएको छ । सो बस्तीमा रहेका ३५ घर मध्येका २८ व्यक्ति पखालाबाट प्रभावित भएका थिए ।

जिल्ला स्वास्थ्य प्रमुख डा पवनजङ्ग रायमाझीले पनि त्यस बस्तीमा देखिएको पखाला नियन्त्रणमा आइसकेको दाबी गर्नुभयोे । स्वास्थ्य क्षेत्रका महामारी हेर्ने जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन ऐश्वर्य भट्टराईले औषधि र स्वास्थ्यकर्मीको टोली अहिले पनि तैनाथ अवस्थामा राखिएको बताउनुभयो । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Скачать 1xBet KZ Мобильная версия 1хБет на Андроид Бесплатн
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव
अर्जुनधारा जलेश्वरधाम स्थापनाको स्वर्ण महोत्सव
सरकारको विरोध गर्न भएपनि पार्टी एकजुट हुनुपर्ने देउवाको आग्रह
सरकारको विरोध गर्न भएपनि पार्टी एकजुट हुनुपर्ने देउवाको आग्रह
नेपाली कांग्रेसका क्षेत्रीय सभापति राेल्पाबाट पक्राउ
नेपाली कांग्रेसका क्षेत्रीय सभापति राेल्पाबाट पक्राउ
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
अस्पतालले भन्यो, ‘प्रधानमन्त्रीलाई भेट्न नआउनुस्, संक्रमणबाट जोगाउनु पहिलो प्राथमिकता’
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
बाजुराको विकास एकद्वार प्रणालीमा लैजान्छु: जिसस प्रमुख
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ
माओवादीको निष्कर्ष: सबैतिर अनुपस्थित र असफल भइसकेको ओली सरकार उल्टो दिशातिर हिँडिरहेको छ

तपाईंले छुटाउनुभयो कि?