खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २७, २०७६
|
|
२५ पटक हेरिएको
Shares
खनालको कार्यकाल सकिन एक दिन बाँकि,सरकार अझै निर्णय बिहिन

सारांश

  • काठमाडौं, माघ २७ ।
  • प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालको कार्यकाल सकिन १ दिन मात्रै बाँकी छ ।
  • २०७४ फागुन २८ मा नेपाल प्रहरीको आइजीपी बनेका खनालको कार्यकाल भोली माघ २८ गते सकिदै छ।

काठमाडौं, माघ २७ । प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालको कार्यकाल सकिन १ दिन मात्रै बाँकी छ । २०७४ फागुन २८ मा नेपाल प्रहरीको आइजीपी बनेका खनालको कार्यकाल भोली माघ २८ गते सकिदै छ। मंगलबार खनालसहित प्रहरी सेवाबाट १८ डीआइजी र तीन एआइजीले पनि अवकाश पाउँदैं छन् ।

३० वर्षे सेवा अवधिका कारण उनको कार्यकाल भोलि सकिने भएपनि नयाँ आइजीपी कसलाई बनाउने भन्ने बारे अहिलेसम्म सरकारले निर्णय गर्न सकेको छैन् । नयाँ आईजीपी डीआईजीमध्येबाटै हुने भने प्रष्ट भइसकेको छ ।

आईजीपीको प्रतिस्पर्धामा डीआईजी ठाकुर ज्ञवाली र तारणी लम्साल छन्।२०४७ असार २५ बाट प्रहरी निरीक्षकहुँदै सेवा प्रवेश े दुवै जना आइजीपी बन्ने दौडधुपमा लागेका छन्।

गृहका एक उच्च अधिकारीका अनुसार भावी आईजीपीका लागि आवश्यक प्रक्रिया सुरु भइसकेको र सम्भवतः आज परिषद् बैठकबाट निर्णय हुने अपेक्षा गरिएको छ। ज्ञवाली हाल प्रदेश नम्बर १ का प्रहरी प्रमुख छन् भने लम्साल प्रदेश नम्बर ७ का प्रहरी प्रमुख छन्।

दुबैजना हाल बिदा लिएर काठमाडौंमा शक्तिकेन्द्र धाईरहेको पनि समाचार सार्वजनिक हुँदै आएका छन्। ज्ञवाली कार्यसम्पादन मूल्यांकनमा ज्ञवाली लम्सालभन्दा अघि छन् ।प्रहरी नियमावलीमा आईजीपीको नियुक्ति गर्दा ज्येष्ठता, कार्यदक्षता र कार्यसम्पादन मूल्यांकनलाई आधार मान्नुपर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?