घलेम्दी जलविद्युत अन्तिम चरणमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
घलेम्दी जलविद्युत अन्तिम चरणमा

सारांश

  • म्याग्दी, १२ मङ्सिर, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ ।
  • नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ ।
  • पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

म्याग्दी, १२ मङ्सिर, अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित घलेम्दीखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । नब्बे प्रतिशतभन्दा बढी पूर्वाधार निर्माणको काम सकेको उक्त आयोजनाले आगामी फागुनमा विद्युत् उत्पादनको तयारी गरेको छ ।

पाँच दशमलव पाँच मेगावाट क्षमताको उक्त आयोजनाको इन्टेक, सुरुङ, पेनस्टक, पाइप जडान र विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ । चैत महीनाभित्रै परीक्षण उत्पादन शुरु गर्ने लक्ष्यसहित तीव्रगतिमा काम अघि बढाएको घलेम्दी हाइड्रो लिमिटेडका सचिव बिमल रिजालले बताउनुभयो ।

म्याग्दीका उद्योगी व्यापारीको अगुवाइमा विसं २०७१ कात्तिकदेखि निर्माण शुरु गरिएको उक्त आयोजनाको २०७४ भदौमा एक हजार ६९५ मिटर सुरुङ निर्माण गरिएको थियो । आउटलेट (फोरवे) तर्फको एक हजार र बाँधबाट निर्माण गरिएको ६९५ मिटर सुरुङ प्लास्टर गर्ने काम भइरहेको छ ।

निलगिरिखोलाको बायाँ किनारमा विद्युत्गृह निर्माणमा दैनिक करीब १०० मजदुर परिचालन भएका छन् । विद्युत्गृहको छानो छाउने र प्लास्टर गर्ने काम बाँकी छ । आयोजनाको हेड (पावरहाउस देखि फोरवेसम्मको भाग) को दूरी १७५ मिटर अग्लो छ ।

विसं २०७४ चैतभित्र उत्पादन शुरु गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी, भौगोलिक विकटता र बैसरीमा कालीगण्डकी थुनिने गरी आएको पहिरोका कारण निर्माणमा ढिलाइ भएको कम्पनीका सदस्य राजेश शाक्यले बताउनुभयो । वनसम्बन्धी कानून र झन्झटिलो प्रशासनिक प्रक्रिया पनि आयोजना ढिलाइ हुनुको अर्को कारण भएको उहाँको भनाइ थियो ।

पहिले चार मेगावाट रहेको उक्त आयोजनाको क्षमता बढाएर ५.५ मेगावाट बनाइएको छ । भूकम्पपछि विद्युत्गृह परिवर्तन गर्नुपरेका कारण क्षमता बढाइएको हो । चार मेगावाट हुँदा रु ६५ करोड लागत अनुमान गरिएको सो आयोजनाको निर्माण अवधि लम्बिएर क्षमता बढेसँगै लागत बढेर रु एक अर्ब १५ करोड पुग्ने अनुमान गरिएकोे छ ।

एक हजार ३०० जनाको रु ३५ करोड ५० लाख संस्थापक शेयर रहेको सो आयोजनामा लुम्बिनी र टुरिजम विकास बैंकले रु ५५ करोड लगानी गरेको छ ।

साधारण सेयर (आइपिओ) जारी गर्ने तयारी भएको र १५ लाख ५५ हजार ७७० कित्ता शेयर सर्वसाधारणका लागि आइपिओ जारी गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । घरापस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत घलेम्दीको विद्युत् केन्द्रीय प्रसारणलाइनमा उक्त विद्युत जडान गरिने जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मालपोतका कर्मचारी घुससहित पक्राउ
मालपोतका कर्मचारी घुससहित पक्राउ
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
यदि छिटो धनि बन्न चाहनुहुन्छ ? यी ८ कामले बनाउन सक्छ तपाइलाई करोडपति
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
दसैंलाई ६० करोडका खसीबोका ल्याइँदै
पि.सि.आर पोजिटिभ हुँदैमा सबैलाई अस्पतालमा राख्नुपर्छ भन्ने छैन : डा. राजभण्डारी
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
जिविस रामेछापको गाडीमा राजनितिक दलका नेता, एलडिअोबाटै निर्वाचन आचारसंहिता उल्लङ्घन
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल प्रकाशित
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
बलात्कारीलाई १२ वर्ष जेल र ५० हजार जरिवाना ठहर
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
पशुपतिनाथ मन्दिरअघिको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गरिँदै
मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द !
मुलुकभरका २५० वटा कपडा उद्योगहरु बन्द !
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी
मधेश र मधेशी जनताको नाममा गद्धारी गर्ने उपेन्द्र र राजेन्द्रहरु हुन : नेता चौधरी