पाँच किलो सुन बरामद

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
५५ पटक हेरिएको
Shares
पाँच किलो सुन बरामद

सारांश

  • काठमाडौँ, १७ असोज ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।
  • महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।

काठमाडौँ, १७ असोज । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्रिँदै आएकोमा सरकारले विशेष कडाइ गरेपछि नयाँ नाकाबाट सुन भित्रिन थालेको छ ।महानगरीय प्रहरी परिसर काठमाडौँले मङ्गलबार साँझ पाँच किलोग्राम सुन चीनको केरुङ नाका हुँदै काठमाडौँ ल्याउँदै गरेको अवस्थामा तारकेश्वर नगरपालिकास्थित तीनपिप्लेबाट एकजनालाई नियन्त्रणमा लिएको छ ।परिसरले आज पत्रकार सम्मेलन गरी पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई कडाइ गरेपछि केरुङ नाका हुँदै भित्रिने क्रम बढेको जानकारी दिएको छ ।

परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार लामाले पेटीमा बाँधेर सार्वजनिक यातायातमा चढेर सुन ल्याएको अवस्थामा पाँच किलोग्राम सुनसहित रसुवा गोसाइकुण्ड–९ घर भएका सोबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।“प्रतिकिलोग्राम रु ५० हजार पाउने आशमा सुन ओसारपसार गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । प्रहरीले सुनसहित एक थान मोबाइलसमेत बरामद गरेको छ ।यसअघि असोज ९ गते परिसरको टोलीले मोटरसाइकलमा तीन किलोग्राम सुन ल्याउँदै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको थियो । सोही समयमा केरुङ नाकाबाट सुन तस्करी भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खोजतलास गर्दा रसुवा गोसाइँकुण्ड गाउँपालिकाका नरबहादुर घले र पेम्बा तामाङलाई नियन्त्रणमा लिएको थियो ।

परिसरका प्रमुख लामा सुनको मालिक अर्को भएको र भरियालाई मात्र प्रहरीले नियन्त्रणमा लिएको बताउनुहुन्छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको परिसरले जनाएको छ ।पक्राउ व्यक्तिलाई भन्सार ऐन २०६४ को दफा ५७ ९१०  अनुसार एक करोडभन्दा बढी पाँच करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैद हुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
दोस्रो सुर्य इन्टरनेशनल अवार्डको उत्कृष्ट ३ मनोनयन सार्वजनिक
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
कर्फ्युका बावजुद पनि आन्दोलनकारी प्रदर्शनमा
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
देशकै ठूलो सवस्टेशन ढल्केबरमा बन्दै, पुससम्म निर्माण कार्य सकिने
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
दुर्घटनामा एकै परिवारका पाँचसहित छको मृत्यु
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्‌मा पेस
नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको पत्र संसद्‌मा पेस
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
प्रधानमन्त्री ओली राजीनामा दिन तयार, ‘कोरोनापछि वामदेव गौतम प्रधानमन्त्री, माधव नेपाल अध्यक्ष’
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति…
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति…
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज सोमबार, कस्तो छ तपाईंको राशिफल?