तुलसीपुर उपमहानगरले बनायो यस्तो एकीकृत शहरी विकास योजना
सारांश
- तुलसीपुर, २६ चैत्र ।
- तुलसीपुर उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गरिएको छ ।
- २५ वर्षका लागि निर्माण गरिएको योजनाका बारेमा तुलसीपुरम छलफल गरिएको छ ।
तुलसीपुर, २६ चैत्र । तुलसीपुर उपमहानगरपालिकाको एकीकृत शहरी विकास योजना निर्माण गरिएको छ । २५ वर्षका लागि निर्माण गरिएको योजनाका बारेमा तुलसीपुरम छलफल गरिएको छ ।
नगरको एकीकृत विकासका साथै बृहत योजना निर्माणका लागि तयार पारिएको योजनाका बारेमा छलफल गरिएको थियो । तुलसीपुर उपमहानगरपालिकाको बृहत विकासका लागि कस्तो योजना बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरिएको तुलसीपुर उपमहानगरपालिकाका प्रेस संयोजक वसन्त विवश आचार्यले जानकारी दिएका छन् ।
तुलसीपुर उपमहानगरपालिकाको आयोजना र एकीकृत शहरी विकास योजनाको परामर्शमा कार्यक्रम भएको थियो । तुलसीपुर उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाको १९ वटै वडाको वस्तुस्थिति र भविष्यको रणनीतिक योजनामा अध्ययन गरिएको पहिलो स्थलगत रिपोर्ट प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले नगरलाई समृद्ध बनाउनका लागि बृहत योजनाको खाँचो रहेको बताएका थिए । दीर्घकालीन विकासका लागि रणनीतिक तवरले अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका थिए । कार्यक्रममा उपमहानगरका विपद व्यवस्थापन तथा वातावरण शाखाको संयोजक नवराज लामिछाने, उपमहानगरका इन्जिनियर पवन योगी, एकीकृत शहरी विकास योजनाका योजनाकार सरोज पौडेल, सिभिल इन्जिनियर दिवस पौडेल र आइटी विशेषज्ञ नवीन थापा लगायतले बोलेका थिए । 
प्रतिक्रिया