उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १२, २०७५
|
|
४९ पटक हेरिएको
Shares
उदयपुरको त्रियुगा नगरपालिकाभित्र विद्युतीय समस्या, सरोकारवाला मौन

सारांश

  • अस्बिन खड्का उदयपुर, १२ साउन ।
  • लोडसेडिङमुक्त नेपाल भनी कुलमान घिसिङको चौतर्फी तारिफ भइरहेको छ ।
  • देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएपनि उदयपुरको त्रियुगा नगरपालिका र आसपासका ठाउँहरुमा २ महिना अगाडिदेखि विद्युत आउने र जाने समस्याबाट सदरमुकामबासीहरु दिक्क भएका छन् ।

अस्बिन खड्का

उदयपुर, १२ साउन । लोडसेडिङमुक्त नेपाल भनी कुलमान घिसिङको चौतर्फी तारिफ भइरहेको छ । देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएपनि उदयपुरको त्रियुगा नगरपालिका र आसपासका ठाउँहरुमा २ महिना अगाडिदेखि विद्युत आउने र जाने समस्याबाट सदरमुकामबासीहरु दिक्क भएका छन् ।

विद्युतीय उपकरणहरुको सुविधान लिनबाट गाईघाटवासी वञ्चित भएका छन् । गाईघाट बजारमा साइबर चलाएर बसेका कुमार राईले भने, “यो १०÷१० मिनेटमा बिजुली आउने र जाने समस्याले गर्दा ३ वटा कम्प्युटर कामै नलाग्ने गरी बिग्रिए ।” पबिन फोटो स्टुडियोका सञ्चालक पबिन राईको पनि यही समस्या छ । उनले पटकपटक बिजुली जाने र आउने गर्दा फोटो धुलाउने नयाँ मेसिन काम नलाग्ने गरी बिग्रिएको बताए ।

विद्युतको समस्याले बैंकको काममा पनि ढिलासुस्ती हुने गरेको छ । यसले गर्दा सेवाग्राहीहरुले सास्ती ब्यहोर्न वाध्य छन् । देशकै ठूलो उदयपुर सिमेन्ट उद्योगको पनि ठूलो मेसीन सर्ट भएर बिग्रिएको र नयाँ फेर्नु परेको उदयपुर सिमेण्ट उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले बताए ।

नेपाल विद्युत प्राधिकरण शाखा गाईघाटका प्रमुख राम अरोध्या यादवले यो समस्या सिरहा लहानको प्रसारण केन्द्रबाट नै देखिएको बताए । यो समस्या आफूहरुले जानकारी गराएको तर वर्षाका कारण काममा ढिलासुस्ती भएको जानकारी दिए । यादवले बीच बीचमा ट्रान्सफरहरुको चेकजाँच भइरहेको र केही दिनमै यो समस्या समाधान हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
राष्ट्रपति भण्डारी र सुकीबीच भेटवार्ता
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
यसै सातादेखि भक्तपुरमा पनि लाइसेन्सका लागि ट्रायल परिक्षा
हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित
हेमन्त कुमार चौरासिया क्यानको अध्यक्षमा निर्वाचित
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख
सत्तारुढ दलाका सांसदले नै भने ज्यान जोगाइ पाउँ सभामुख
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
नागरिकमा पत्रकारको दर्दनाक कथा, तबल नबढ्नेदेखि नपाउनेसम्मको व्यथा !
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो ; प्रधानमन्त्री
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो ; प्रधानमन्त्री
पाटेबाघलाई नियन्त्रणमा लिइयो
पाटेबाघलाई नियन्त्रणमा लिइयो
बुद्ध एयरले अव नेपालगञ्जबाट सिधै दिल्ली उडान भर्ने
बुद्ध एयरले अव नेपालगञ्जबाट सिधै दिल्ली उडान भर्ने
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’
पुनर्जीवन पाउँदै हेटौँडा कपडा उद्योग ‘सेनाको प्राविधिक टोलीद्वारा सम्भाव्यता अध्ययन र पूर्वाधारको काम सुरु’