अधिकारी र शेर्पालाई यसरी सम्झिए ओलीले

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १६, २०७५
|
|
१५ पटक हेरिएको
Shares
अधिकारी र शेर्पालाई यसरी सम्झिए ओलीले

सारांश

  • काठमाडौं, १६ फागुन ।
  • प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट आफूले परिवारको सदस्य गुमाए झैं असह्य पीडा महशुस गरेको जनाएका छन्।
  • सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्समार्फत् ओलीले मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन्।

काठमाडौं, १६ फागुन । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पर्यटन मन्त्री रवीन्द्र अधिकारी र यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङ छिरिङ शेर्पाको निधनबाट आफूले परिवारको सदस्य गुमाए झैं असह्य पीडा महशुस गरेको जनाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याट्समार्फत् ओलीले मन्त्री अधिकारी र शेर्पा समृद्ध नेपाल र सुखी नेपालीको सारथीका रूपमा रहेको उल्लेख गरेका छन्।

” हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार पार्ने एक सारथीका रूपमा आज मा. अधिकारी, यती एयरलायन्सका प्रबन्ध निर्देशक एवं अब्बल पर्यटन व्यवसायी आङ् छिरिङ शेर्पासहित तेह्रथुमको चुहान डाँडामा नयाँ एयरपोर्टको संभाव्यता अध्ययनको लागि जानु भएको थियो। यस दुर्घटनाबाट मैले परिवारका सदस्य झैं असह्य पीडा महशुस गरेको छु। मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु, परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै यसबाट पर्न गएको अपूरणीय क्षतिप्रति दु:ख व्यक्त गर्दछु। सरकार साथमा छ- हामी सबै साथ-साथ मिलेर यस पीडालाई सहन गर्न सकौं।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?