दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १९, २०७३
|
|
१४८ पटक हेरिएको
Shares
दुनियाको सबैभन्दा कठिन व्रत : छठ पर्व आइतवारबाट सुरु हुदै…

सारांश

  • तराइबासीहरुले भब्य रुपले मनाउने छठ पर्व  हिन्दु भक्तजनले उत्साहका साथ आइतवारबाट मनाउदै छन बिशेष गरि तराइका भुभागहरुमा  मनाइने यो पर्ब गएका केहि बर्ष यता काठ्मान्डौमा पनि धुमधामले मनाउदै आइएको छ…  छठ व्रत दुनियाको सबैभन्दा कठिन व्रतमध्ये एक हो ।
  • सम्भवत यसमाथि अनुसन्धान गर्ने हो भने यसलाई कठिन व्रतहरुमध्ये पहिलो स्थानमा नै आउँछ होला ।
  • पाँच दिनसम्म चल्ने यो व्रत दुनियाको सबैभन्दा कठिन पर्वहरुमध्ये एक हो ।

तराइबासीहरुले भब्य रुपले मनाउने छठ पर्व  हिन्दु भक्तजनले उत्साहका साथ आइतवारबाट मनाउदै छन बिशेष गरि तराइका भुभागहरुमा  मनाइने यो पर्ब गएका केहि बर्ष यता काठ्मान्डौमा पनि धुमधामले मनाउदै आइएको छ…  छठ व्रत दुनियाको सबैभन्दा कठिन व्रतमध्ये एक हो । सम्भवत यसमाथि अनुसन्धान गर्ने हो भने यसलाई कठिन व्रतहरुमध्ये पहिलो स्थानमा नै आउँछ होला । पाँच दिनसम्म चल्ने यो व्रत दुनियाको सबैभन्दा कठिन पर्वहरुमध्ये एक हो । पवित्रताको यति ठूलो पर्व सायदै अरु कुनै होला । यसमा व्रत बस्ने व्रतालुले सबै चीज आफनै हातले गर्ने गर्छिन् । सारा कामहरु आफैले गर्छिन् ताकी अरुले अपवित्र नबनाइदिओस् । नुहाउने खानेदेखि लिएर विहानको समय अर्घ दिने समय सम्म ब्रतालुले पुरै निष्ठा, नियम, परम्पराको अधिनमा रही पवित्रता अपनाइरहेकी हुन्छन् । भगवान सुर्यलाई ३६ घण्टाको निर्जल व्रत महिलाहरुको लागि अत्यन्त कठिन कार्य हुन आउँछ । तर पनि आमाहरुले विना पानी पिइ ३६ घण्टाको उपवास बस्ने गर्छिन् । आफनो परिवार, पति र बच्चाहरुको रक्षाको लागि यो पर्वमा ब्रतालुहरु यती २ दिनको निर्जल उपवास बस्ने गर्छिन् । यही भगवानले धन, सम्पत्ति, सम्बृद्धि, सफलता, सुस्वास्थयता प्रदान गर्छन् भने जन विश्वास रहेको छ ।

chatta

आइतवार २१  गते

माछा, मासु बार्ने दिन । यस दिनदेखि छठ पर्व मुलतः सुरु हुन्छ । यो दिनदेखि माछा मासु खान हुदैन । माछा मासु खाने ब्रताल छन्, यो दिनभन्दा पहिले नै खाइसक्नुपर्छ । यस दिनदेखि पवित्रताका विधि विधान अपनाउनुपर्ने हुन्छ ।

सोमवार २२ गते

नुहाउने खाने दिने । यो दिन विहानै ब्रतालुहरु नुहाउनुपर्छ । नुहाएर मात्र खाने दिन हो । यो दिन ब्रतालुहरु फर्सिको तरकारी, चनाको दाल, र अरवा चामलको भात खाने गर्छिन् ।

मंगलवारः २३ गते

खरनाः यो दिनमा व्रतालुहरु दिनभर उपवास बसी ब्रतालुहरु सख्खरको खीर र रोटी खान्छन् । यसपछि ३६ घण्टाको लागि उपवास सुरु हुन्छ ।

वुधवारः २४  गतेः सन्ध्या अर्घ

यो दिन जलमा उभिएर अस्ताचलगामी सुर्यलाई अर्घ दिइन्छ ।

विहिवार २५ गतेः प्रातः अर्घ

उदाइरहेको सुर्यलाई अर्घ दिएपछि लोक आस्थाको महापर्व छठ पर्व अर्थात डालापुजा समापन हुन्छ ।

 

प्रसुति : समिप गौतम
शिखरन्युज

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?