मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन ४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
मेक्सिकोमा शक्तिशाली भूकम्प, १३० को मृत्यु

सारांश

  • काठमाडौं ।
  • मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ ।
  • राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।

काठमाडौं । मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा १३० जनाको मृत्यु भएको छ । राजधानीमै दजनौं घरहरु भत्किएका छन् ।

अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

७.१ रेक्टर स्केलको भूकम्पले राजधानी मेक्सिको सिटीसँगै मोरलियोस र पुएब्ला प्रान्तमा ठूलो क्षति पुगेको छ ।

मंगलबार त्यस्तो समयमा भूकम्प गयो, जतिबेला मेक्सिको सिटीमा मानिसहरु भूकम्प आएको समयमा कसरी उद्दार गर्ने भनेर अभ्यास गरिरहेका थिए ।

मेक्सिकोमा ३२ वर्षअघि विनाशकारी भूकम्प गएको थियो, जसमा १० हजार मानिसले ज्यान गुमाएका थिए ।

यसै महिना ८.१ रेक्टर स्केलको भूकम्प देशको दक्षिणी भागमा गएको थियो, जसमा ९० जनाको मृत्यु भएको थियो ।

मंगलबारको भूकम्पको केन्द्र पुएब्ला प्रान्तको एन्टेसिगो नजिकै थियो । यो इलाका मेक्सिको सिटीबाट १२० किलोमिटरको दुरीमा छ ।

भूकम्पका कारण केहीबेर मेक्सिको सिटीको एयरपोर्ट समेत केहीबेर बन्द गरिएको थियो भने शहरको सबै घर खाली गरिएको थियो ।

राष्ट्रपति एनरिक पेना निएटोले मानिसहरुलाई सडकमा नबस्न आग्रह गरेका छन् ताकि उद्दार कार्य प्रभावित नहोस् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डको प्रस्तावलाई प्रम ओलीको जवाफी प्रस्ताव तयार, आजको बैठकमा पेश हुने
छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै अामा !
छाेरासंगै एउटै कक्षामा कानुन विषय पढ्दै अामा !
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
प्रधानमन्त्री ओलीको चीन भ्रमण : एजेन्डामा दलहरू विभाजित
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?
तीन शीर्ष नेताबीच भेटवार्ता, के भयो कुराकानी ?
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
उम्मेवदारी फिर्ता नभएका ठाउँमा पनि निर्वाचनमा तालमेल गर्ने गठबन्धनको निर्णय
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
सङ्क्रमितको भनाइः ‘म सञ्चै छु, तपाईँलाई कस्तो छ ?’
फिल्म दबंग–३ को शुटिङका तस्वीर बाहिर, एकाएक भाइरल
फिल्म दबंग–३ को शुटिङका तस्वीर बाहिर, एकाएक भाइरल
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
प्रमुख अतिथि र महिलामन्त्रीलाई रुक्मांगद कटुवालले प्रत्यक्ष प्रसारणमै ‘तलुवा’ देखाइदिएपछि….
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
‘जदरात’मार्फत ७० हजारभन्दा बढीलाई रोजगारी दिँदै साउदी
रेलको स्टेसन राख्ने ठाउँको स्थलगत अध्ययन
रेलको स्टेसन राख्ने ठाउँको स्थलगत अध्ययन

तपाईंले छुटाउनुभयो कि?