धनकुटा,बझाङ,को ताजा पारीणाम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १५, २०७४
|
|
२२ पटक हेरिएको
Shares
धनकुटा,बझाङ,को ताजा पारीणाम

सारांश

  • धनकुटाको छथरमा एमाले र साँगुरीगढीमा कांग्रेसको अग्रता असार १५ – धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमालेका उम्मेदुवारले अग्रता लिएका छन् ।
  • एमालेले अध्यक्षमा ८५ र उपाध्यक्षमा ८० पाएको छ ।
  • माओबादी केन्द्रका उम्मेदुवारले अध्यक्षमा ६६ र उपाध्यक्षमा ७८ मत पाएका छन् ।
धनकुटाको छथरमा एमाले र साँगुरीगढीमा कांग्रेसको अग्रता

असार १५ – धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमालेका उम्मेदुवारले अग्रता लिएका छन् । एमालेले अध्यक्षमा ८५ र उपाध्यक्षमा ८० पाएको छ । माओबादी केन्द्रका उम्मेदुवारले अध्यक्षमा ६६ र उपाध्यक्षमा ७८ मत पाएका छन् । राप्रपाका उम्मेदुवारले अध्यक्षमा २२ र उपाध्यक्षमा १३ मत पाएका छन् ।

साँगुरीगढी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदुवारले अग्रता लिएका छन् । कांग्रेसमा उम्मेद्वारले अध्यक्षमा २६ मत ल्याएका छन् । एमाले उम्मेदुवारले अध्यक्षमा १८ र उपाध्यक्षमा ८ मत पाएका छन् । माओबादी केन्द्रका अध्यक्षले ६ र उपाध्यक्षले १८ मत पाएका छन् । संघिय समाजबादी फोरमका उपाध्यक्षले १४ मत पाएका छन् ।

बझाङ : सुर्मा गाउँपालिका १ मा कांग्रेस प्यानल विजयी

बझाङ, असार १५ – बझाङको सुर्मा गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । निकटतम प्रतिद्वन्द्वी एमालेको वडा अध्यक्षका उम्मेदवार दिपक बोहोरालाई पछि पार्दै कांग्रेसका पुष्कल बोहराको प्यानल विजयी भएको हो ।

बोहोराले २ सय ८८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका दिपक बोहोराले २ सय मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?