काभ्रेमा काँग्रेसका जनप्रिय उम्मेदवार, लामा जिताउन जनता आतुर
सारांश
- निर्मल पाण्डे\सुरज तिमिल्सीना काठमाडौं ,मंसिर १० नेपाली काँग्रेस काभ्रे क्षेत्र नम्बर १ का उमेद्वारहरुको चुनावी तयारी अन्तिम चरणमा पुगेको छ ।
- नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका गणेश लामालाई जितउनका लागि पनौती बजारका बासिन्दा आतुर छन् ।
- पार्टीले गणेश लामालाई उम्मेदवार बनाएपछि यहाँका जनता गणेश लामाप्रति निकै आशावादी बन्दै गएका छन् ।
निर्मल पाण्डे\सुरज तिमिल्सीना
काठमाडौं ,मंसिर १०
नेपाली काँग्रेस काभ्रे क्षेत्र नम्बर १ का उमेद्वारहरुको चुनावी तयारी अन्तिम चरणमा पुगेको छ । नेपाली काँग्रेसको तर्फबाट प्रदेश सभाका लागि उम्मेदवार बनेका गणेश लामालाई जितउनका लागि पनौती बजारका बासिन्दा आतुर छन् । पार्टीले गणेश लामालाई उम्मेदवार बनाएपछि यहाँका जनता गणेश लामाप्रति निकै आशावादी बन्दै गएका छन् ।
विकाशप्रेमी लामा यसअघि विजय गच्छदार नेतृत्वको पार्टी फोरम लाकतान्त्रिीबाट आएपछि समग्र पार्टी, देश र जनताको हितका लागि लामाको जित सुनिष्चित भएको यहाँका एक स्थानिय बताउँछन्।
पनौती क्षेत्रका मतदातको चाहना पनि यतिबेला पहिलो पटक काँग्रेसका तर्फबाट चुनावी मैदानमा होमिएका लामाको जितको पर्खाइमै छ । काभ्रे क्षेत्र नम्बर १ अन्तर्गत पनौती नगरपालिकाको वडा नम्बर ४ देखि १० सम्म सातवटा वडा प्रदेशसभा २ मा पर्छ । प्रतिनिधिसभा तर्फ काँग्रेस सभापति शेरवहादुर देउवा निकट निवर्तमान सांसद तिर्थ लामा उमेद्वार छन् भने प्रदेशसभा २ मा गणेश लामा उमेद्वार छन् । यी दुवैको जित भएमा काभ्रेको विकासले मुहार फेर्ने काँग्रेसी जनताको विश्वास छ ।

उमेद्वारी दर्ताको दिन कात्तिक १६ गते विहान बालुवाटार गएर तिर्थ लामा, शिव हुमागाई, सुन्दरमणी आचार्य, गणेश लामा लगाएतले यस जिल्लामा काँग्रेसको बिजयको झण्डा फहराएरै छाड्ने प्रतिबद्धता जनाएपछि उनीहरुलाई पार्टीले बिस्वास गरेर टिकट दिएको हो । उनीहरुले टिकट पाएसँगै काभ्रेमा काँग्रेसको जितको आधार दर्बिलो बन्दै गएको छ भने बिरासत कायम राख्नका लागि जिल्लाका सबै काँग्रेसी नेता तथा कार्यकर्ताहरु उत्साहित भएर चुनावी मैदानमा होमिएका छन्।
काँग्रेस संसदीय समितिका सदस्यहरु बालकृष्ण खाण, डा. प्रकाशसरण महत, पुर्ववहादुर खड्का लगाएतका नेताहरुले गणेश लामालाई टिकट दिँदा काँग्रेस झन बलियो हुने र जितको सुनिष्चितता बढ्ने भएपछि पसखललाई आग्रह गरी उम्मेदवारी नदिन आग्रह गरिएको थियो । बालुवाटारमा पसखल पुगेको १५ मिनेट पछि गणेशलामाले टिकट लिएर निस्किए पछि पसखलेले उनलाई त्यतिबेलै जितको लागि शुभकामना दिइसकेका थिए । उमेद्वारी दर्ताकै दिन पसखलले पार्टीको हितका लागि आफु जे गर्न पनि तयार र नेताहरुले गरेको निर्णयको स्वागत गर्न आफु जहिले पनि तयार रहेको बताए ।

पनौती क्षेत्रमा काँग्रेसका तर्फबाट गणेश लामाले टिकट पाएपछि पनौतिका काँग्रेस कार्यकर्ताहरु सक्रिय रुपमा लागिपरेका छन् । यो क्षेत्र अन्तर्गत कोशीपारि र डाडापारि क्षेत्रका जनता पनि निकै उत्साहित देखिन्छन् । कोशीपारी र डाडापारि क्षेत्रमा वाम गठबन्धनले बढी मत ल्याउने र त्यो बढी मतलाई काँग्रेसले पनौति क्षेत्रबाट काट्न गणेश लामा नैं काफी भएको स्थानीयबासीको भनाई छ ।
काभ्रे काँग्रस जितको आधार भनेकै पनौती हो । काभ्रे १ को प्रदेश २ अन्तर्गत नमोवुद्ध नगरपालिका १ र २ तथा ६ देखि ११ सम्मको वडाहरु पर्छ भने धुलिखेल नगरपालिकाको वडा नम्बर ८ देखि १२ सम्म पर्छ । बेथानचोक वडा नम्बर ६ पनि यहि क्षेत्रमा राखिएको छ । साथै रोशी गाउँपालिकाको वडा नं १ देखि ५ सम्म र खानीखोला गाउपालिका पुरै यो क्षेत्रमा पर्दछ । चौरी देउराली गाउँँपालिका, नमोवुद्ध नगरपालिकाको बाँकी वडाहरु, तिमाल गाउँपालिका, महाभारत गाउँपालिका र रोशी गाउँपालिकाको बाँकी वडाहरु प्रदेशसभा २ मा पर्छ ।
पहिलो चरण अन्तर्गत प्रचारप्रसारको लागि आफ्नो क्षेत्रका सबै इलाकामा पुगेको काँग्रेसका उमेद्वारहरु पनौति क्षेत्रको मतदाताको उत्साह देखेर दंग परेका छन् । चुनाव प्रचारप्रसारको क्रममा गणेशलामा पनौती जाँदा उल्लासमय जनसहभागिता देख्दा लाग्छ उनी विजय नजिक छन् । एमालेका कार्यकर्ता नै रामहरी सुविदीले टिकट नपाएपंछी हामि अन्यौलमा परेकाले भोट गणेश लाई दिने मनसाय वनाएको समेत वताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया