दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
दुई बच्चाकी आमासँग विवाह गर्न चाहन्छन ऋतिक रोशन

सारांश

  • काठमाडौं ।
  • ऋतिक रोशनको सुजैन खानसँग सम्बन्ध बिच्छेद भएको लगभग ३ वर्ष भईसकेको छ।
  • दुवैको यस फैसलाले सबैलाई आश्चर्यचकित बनाएको थियो र फ्यानहरु अत्यन्तै दुखित भएका थिए।

काठमाडौं । ऋतिक रोशनको सुजैन खानसँग सम्बन्ध बिच्छेद भएको लगभग ३ वर्ष भईसकेको छ। दुवैको यस फैसलाले सबैलाई आश्चर्यचकित बनाएको थियो र फ्यानहरु अत्यन्तै दुखित भएका थिए।ऋतिकले यस विवाह बचाउन भरपूर कोसिस गरेका थिए तर त्यो बेकार साबित भयो। सुजैन र ऋतिक अहिले साथी बनेका छन्। दुवै बच्चाका खातिर एक साथ छन्। बच्चाहरुलाई छुट्टीमा लैजान या कुनै गेट(टुगेदर भएमा दुवै जना एक साथ हुन्छन। उनीहरुका दुई छोरा छन्।

छोडपत्रको बाबजूद पनि दुवै बच्चाको लागि तमाम तीक्ततालाई भुलेर एक साथ हुनु सबैको लागि एक राम्रो कुरा हो। भारतीय सञ्चार माध्यमहरुका अनुसार ऋतिक फेरि एकपटक दुलहा बन्न चाहेको बताएका छन् र दुई बच्चाकी आमासँग उनी विवाह गर्न चाहन्छन।

ऋतिक सुजैन फेरि पनि उनको जीवनमा आऊँन भन्ने चाहन्छन। ऋतिकले चाहेर पनि सुजैनलाई भूल्न सकेका छैनन्। उनी फेरि पनि सुजैनसँग वैवाहिक बन्धनमा बाँधिन चाहन्छन। यो कुरा केही समय अघि बाहिर आएको थियो। तर ऋतिक र सुजैनले यसको खण्डन गरेका थिए। निकट श्रोतहरुका अनुसार दुवैले खण्डन गरे तापनि ऋतिकको दिलमा अहिले पनि सुजैन बसेको छ र फेरि सुजैनसँग घर बसाउन चाहन्छन्।

हालै मात्र अर्जुन रामपाल र मेहर जेसिका अलग्गिएका छन्। उनीहरुले खास कारण नबताए पनि यसको कारण सुजैन भएको हल्ला छ। अर्जुन र सुजैनको निकटता नै पति(पत्नीमा दूरी पैदा गर्ने कारण बनेको छ। सुजैनसँग सम्बन्धित मानिसहरुले यस कुरालाई गलत बताएका छन्।

यता पनि हेर्नुहोस

के ऋतिक र सुजैन फेरी मिल्न लागेका हुन् त

मुम्बई – १४ वर्षे वैवाहिक जीवनलाई बलिउड अभिनेता ऋतिक रोशन र सुजैनले अन्त्य गरेको ४ वर्ष भयो । अभिनेत्री कंगना रनावतसँगको प्रेमसम्बन्धका कारण उनीहरूबीच सम्बन्धविच्छेद भएको बताइन्छ । ऋतिक र सुजैनका दुई छोरासमेत छन् । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।डिभोर्स भएको ४ वर्षपछि यी दुईबीच फेरि प्रेम पलाउन थालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वेलावेलामा उनीहरू दुई आफ्ना २ छोराको साथमा छुट्टी मनाउन बढी व्यस्त भएको पाइन्छ । यसैबीच बलिउडमा उनीहरू पुनः मिल्ने चर्चा चलेको छ ।

यसैबीच केही दिनअघि ऋतिकले एउटा भिडियो सन्देशमार्फत पूर्वपत्नी सुजैनप्रतिको प्रेमभाव व्यक्त गरेका छन् । उनले उल्लेख गरेका छन्, ‘मेरो सबैभन्दा राम्रो साथी तथा पूर्वपत्नी सुजैन अहिले मेरो बच्चाको तस्बिर खिचिरहेकी छन् । यो आफँैमा एउटा याद गर्ने समय हो जसले हाम्रा बच्चालाई लाइन र आइडियाको यो दुनियाँमा एकैसाथ बस्नु त्यति गाह्रो काम होइन भनेर सिकाउँछ ।’

उनले भनेका छन्, ‘यहाँबाट नै एउटा यस्तो दुनियाँको सुरुआत हुन्छ, जहाँ प्रेमले सबैलाई जोडेर राखेको हुन्छ । जहाँ सबै जना बहादुर छन्, स्वतन्त्र छन् र यो कुराको सुरुआत तपाइको घरबाट सुरु हुन्छ ।’अभिनेता ऋतिकले आफ्नी पूर्वपत्नी सुजैनले समुन्द्रको छालमा आफ्नो र दुई सन्तानको तस्बिर खिचिरहेको तस्बिरसमेत सेयर गर्दै आफ्नो मनको बह पोखेका हुन् ।

(wbctx.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?