इजिप्टका सलाह पहिलो रोजाइको टिममा पर्न असफल !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १, २०७५
|
|
३३ पटक हेरिएको
Shares
इजिप्टका सलाह पहिलो रोजाइको टिममा पर्न असफल !

सारांश

  • १ असार ।
  •   २०१८ फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो खेलमा शुक्रबार (अहिले) पौने ६ बजे इजिप्ट र उरुग्वे बीच प्रतिस्पर्धा हुँदैछ।
  • तीन दशकपछि विश्वकपमा फर्किएको इजिप्टले पहिलो खेललाई ठूलो महत्व दिनेछ।

१ असार ।  २०१८ फिफा विश्वकपको समूह ‘ए’ को दोस्रो खेलमा शुक्रबार (अहिले) पौने ६ बजे इजिप्ट र उरुग्वे बीच प्रतिस्पर्धा हुँदैछ।

तीन दशकपछि विश्वकपमा फर्किएको इजिप्टले पहिलो खेललाई ठूलो महत्व दिनेछ। इजिप्टका स्टार खेलाडी मोहमद सलाह भने पहिलो रोजाइको टिममा पर्न असफल भएका छन्।

जुन सलाह र इजिप्टका फ्यानका लागि दुखद खबर हो। दुई पटकको विश्व विजेता उरुग्वेका लागि पहिलो खेलमै इजिप्टसँग खेल्नु चुनौतीपूर्ण देखिन्छ। पछिल्ला २ विश्वकपमा राम्रो प्रदर्शन गरेको उरुग्वे धेरै आशा गरेको इजिप्टमाथि हाबी हुन चाहन्छ।

किनकी इजिप्ट भन्दा उरुग्वेको टिममा अनुभवी खेलाडी छन्। टिममा रहेका फरवार्डद्वय लुइस सुआरेज र इडिन्सन काभानीबाट उरुग्वेले फाइदा लिन सक्छ। यी दुई फरवार्डलाई रोक्नु इजिप्टको चुनौती हुनेछ।

१९७० पछिको विश्वकपको पहिलो खेलमा उरुग्वेले जित निकाल्न सकेको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?